८ वैशाख २०८१ शनिबार
फोटो फिचर

सुन्दर काठमाडौंको रात्रिकालीन दृश्य

काठमाडाैं-सूर्यास्तसँगै काठमाडौं शहर सुन्दर र रोचक देखिन्छ। घाम अस्ताउने तरखर गरिरहँदा राजधानी भने प्रकाशको उज्यालोको खोजी गरिरहेको त्यो क्षणमा एउटा सजिसाजाउ बेहुलीको सुन्दरता अन्धकारले ढाकिदिएको भान गराउँछन्।

व्यस्त राजधानीमा साँझको मन्द हावाको गतिले केहीबेर मानिसलाई आनन्दको अनुभूति दिने गरेको छ।

दिनभरको काम सिध्याएर घर जान हत्तारिएका यात्रु र सवारीको चापलाईले सडक व्यस्त देखिन्छ। दिनभर चर्को गर्मी, धुलो र धुँवाले भरिएको राजधानी साँझपख भने शितम महशुस गराउँछ। म भने यो क्षणमा बसन्तपुरमा बसेर एक चुस्की चियासँग आनन्द लिन चाहन्छु।

मेरो घुमघामको रुचिले गर्दा राजधानीको मुटु मानिने स्थानमा धेरै पटक घुमेर भूकम्पपछिको अवस्था र सुरु हुन नसकेको पूर्ननिर्माणले खल्लो महशुस गराईरहेको छ। दुःखको अन्धकारमा प्रकासको उज्यालो पर्दा नयाँ आशा र सम्भावनाको ढोका खुलाइदिएको छ।

रोचक र सुन्दर काठमाडौंको सन्धाकालिन रमणीय दृश्य क्यामेरा कैद गर्न भने सजिलो भएन्। दिनभरको व्यस्तता र लोडसेडिङको मारले, प्रहरी अनावश्यक दुःख सुन्दर दृश्य कैद गर्न भूकम्पले असर गरेका स्थान पुग्दा क्यामेरामा कैद गर्दा गाह्रो बनाइदिएपनि साँझको रमणीय र शितल काठमाडौं वरपर बसेर चियाको चुस्की लिनुको मज्जाको आनन्द भने प्रसस्त लिन पाए।

सबै तस्बिरहरूः प्रबिन काेइराला

प्रकाशित: ४ असार २०७३ ०७:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App