coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

पाँचथरमा कांग्रेस–एमालेसँगसँगै

पाँचथर- जिल्लाका आठ स्थानिय तहमा पाँच स्थानमा नेपाली  काँग्रेसको अग्रता रहेको छ। केहि स्थानीय तहमा काग्रेसलाई नेकपा (एमाले)ले उछिनेको छ । एमालेको तीन र माओवादी केन्द्रको एक ठाँउमा अग्रता छ । यि अग्रता फेरवदल हुने अनुमान लगाईदै छ।

शुक्रवार साझसम्मको परिणाम अनुसार फिदिम नगरपालिकामा कांग्रेसको अग्रता छ । काग्रेसका मेयर पदका उम्मेद्वार ओनाहाङ नेम्वाङलाई एमालेका राजकुमार भण्डारीले पछ्याई रहेका छन् । यस्तै फाल्गुनन्द गाँउपालिकमा कांग्रेसका अमर नेम्वाङ फराकिलो मतले अगाडी छन् । यस्तै तुमेवा गाँउपालिकमा काग्रेसका होम थापाले दिउँसो देखि अग्रता लिएका छन् । राप्रपासँग कांग्रेसको गठबन्धन रहेको छ । यहाँ माओवादिका देवेन्द्र खत्रिले पछ्यारहेका छन्। खत्रि एमाले–माओवादी तालमेलका उम्मेद्वार हुन। मिक्लालुङमा काग्रेसका खडक सुन्दर लावतीले झिनो मतले अग्रता लिएका छन् । यहाँ एमालेका धनकुमार फियाक र माओवादिको अमर माखिम प्रतिस्पर्धी छन् । याङवरक गाँउपालिकामा काग्रेसका शेरवहादुर सिगुले एमालेका लेखनाथ घिमिरेलाई पछि पारेका छन् ।

एमाले हिलिहाङ र कुम्मायक गाँउपालिकामा जित नजिक पुगेको छ । यासोकमा एमालेका जय चेम्जोङले काग्रेसका वम लावतीलाई पछि पारेका छन् । यस्तै हिलिहाङमा एमालेका भुवानी लिङदेन काग्रेसका समर अधिकारी भन्दा निक्कै अगाडी छन् ।  उपप्रमुखमा प्रमुख झै मत झरीरहेको छ । हिलिहाङ, तुमेवा र कुम्मायकामा शनिवार विहानसम्म नतिजा आउने अपेक्षा गरीएको छ ।

 

प्रकाशित: १६ असार २०७४ १४:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App