coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

तुमेवामा काग्रेसका होम थापा विजयी

पाँचथर- तुमेवा गाँउपालिकाको प्रमुख पदमा नेपाली काग्रेसका होम थापा विजयी भएका छन्। उनले नेकपा (माओवादि) केन्द्रका देवेन्द्र खत्रीलाई ३५७ ले हराउँदै थापा विजयी भएका छन्। थापाले माओवादि–नेकपा (एमाले)को तालमेललाई हराएको हो।

थापाले २३५० मत प्राप्त गरी विजयी भएका छन्। यहाँ काग्रेस र  राप्रपाले तालमेल गरेको थियो। उपप्रमुखमा भने एमालेका धनप्रसाद सावा विजयी भएका छन्। उनले राप्रपाका धलेन्द्र लिम्बुलाइई ४१९ मतले पछि पारे। सावले १९६४ मत प्राप्त गरेका छन्। पाँचवटा वार्ड भएको यो गाँउपालिकमा दुईवार्डमा काग्रेस र बाँकि तीनमा एमाले विजयी भएको छ। क्रमश १ देखि ३ सम्म एमालेका मोतीराज तामाङ, पूर्ण पीठाकोठे, कमल थापा विजयी भए। ४ र ५ नम्बर वार्डमा काग्रेसका दिलेन्द्र सेर्मा र कुलदेब कुरुबाङ विजयी भएका छन्। यहाँ ५४४७ मत खसेको थियो। यो जिल्लाको सानो गाँउपालिका हो।

प्रकाशित: १७ असार २०७४ ०४:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App