coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

सीताको साहस

काठमाडौं- एउटा हात गुमाएकी सीता भण्डारी बिहीबार राजधानीमा पल्सर पारा एथलिट अवार्डबाट सम्मानित भएकी छन्। उनले दोलखाको दुर्गम गाउँ मेरुङबाट आएर पारा तेक्वान्दोमा कीर्तिमानी सफलता पाएकी थिइन्।

सीताले सन् २०१५ मा भएको विश्व पारा खेलकुदमा तेक्वान्दोबाट कांस्य र गत वैशाखमा मनिलामा सम्पन्न दोस्रो एसियन पारा तेक्वान्दो ओपन च्याम्पियनसिपमा कांस्य पदक जितेकी थिइन्।

सीताले अवार्ड थाप्दाको क्षणलाई करिअरकै सुखद समय भएको बताइन्।

उनले भनिन्, 'जीवनमा धेरै संघर्ष गरेकी छु। दोलखाको दुर्गम गाउँबाट आएर काठमाडौंमा खेल्नु सहज थिएन। मलाई आजको सफलता दिलाउन प्रशिक्षक र साथीहरूको महŒवपूर्ण भूमिका छ।'

सीताले करिअरकै उत्कृष्ट अवार्ड थाप्न पाउँदा आगामी दिनका लागि हौसला मिलेको बताइन्। उनले थपिन्, 'अहिलेको नतिजा मेरो अन्तिम होइन। म अझै अन्तर्राष्ट्रिय पदक जित्ने लक्ष्यसहित मिहिनेत गरिरहेकी छु।

भविष्यमा थप सफलता प्राप्त गर्ने तपाईलाई विश्वास दिलाउँछु।'

रुसको सोचीमा उनी पारा तेक्वान्दो के–४४ अन्तर्गत ५५ केजीमा रुसकी अब्दुलिभालाई १०–० अंकले हराउँदै सेमिफाइनल पुगेकी थिइन्।

खेलकुदमा मिहिनेती छवि बनाएकी सीताको ६ वर्षकै उमेरमा हात जलेको थियो। जीवनमा डरलाग्दो दुर्घटनाको सामना गरेकी सीता अर्को दुखद  क्षणको झैदै अगाडि बढिन्। सीता ९ वर्षको हुँदा आमा र १४ वर्षको हुँदा बुबाको निधन भएको थियो।

उनले जीवनमा कहालिलाग्दा विपत एकपछि अर्को सामना गरिन्।

तर, ती सबै घटनाले सीताको साहस रोक्न सकेन। सबै पीडालाई बिर्संदै उनले जीवनमा केही गर्ने अठोट लिइनँ।

सुरुआतमा साथीहरूको आग्रहमा ६ महिना टेबलटेनिसको प्रशिक्षण लिएकी उनले प्रतियोगिता नभएपछि त्यसलाई छाडिन्। त्यसपछि उनी एथलेटिक्सतिर लोभिइन्।

सन २०१४ मा उनले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा  दक्षिण कोरियामा सम्पन्न एसियन पारा च्याम्पियसिप खेलेकी थिइन्। पहिलो सहभागिता पदक जित्न नसकेपछि उनको नयाँ करिअर सुरु भयो तेक्वान्दोबाट।

कोरियाबाट फर्किएपछि सीताले ६ महिना प्रशिक्षण गरेर तेक्वान्दोको पारा ओलम्पिक भाग लिएकी थिइन्।  

प्रकाशित: ७ श्रावण २०७३ ०३:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App