इलाम- माइजोगमाई गाउँपालिकाको अध्यक्षमा एमालेका जितबहादुर राई विजयी भएका छन्। उनले ५६ सय ९६ मत ल्याए। निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सिटी शेर्पाको ३९ सय ३६ मत छ। गाउँपालिका उपाध्यक्षमा एमालेकै सावित्रा भट्टराई ५२ सय ९५ मतसहित विजयी भएकी छिन्। कांग्रेसकी लोकमाया थेबेको ३९ सय ४२ मत आएको छ।
माङसेबुङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका डिकेन्द्र इदिङ्गो ३७ सय ५९ मतसहित विजयी भएका छन्। एमालेका हेमन्त राईले ३१ सय ५१ मत ल्याए। उपाध्यक्षमा नेकपा एमालेकी सुनिता योङहाङ २९ सय ८१ मतसहित विजयी भएकी छिन्। संघीय समाजवादी फोरम उपाध्यक्षको २७ सय ७१ मत आएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
प्रकाशित: १८ असार २०७४ ०२:४३ आइतबार