८ वैशाख २०८१ शनिबार
राजनीति

फिदिममा काँग्रेस १२ सय मतले अगाडि

पाँचथर— जिल्लाको एकमात्र नगरपालिका फिदिम नगरपालिकामा काग्रेस  प्रमुख पदमा १२१३ मतले अगाडी भएको छ। काग्रेसका प्रमुख पदका उम्मेद्वार ओनाहाङ नेम्वाङ ६३५८ मत प्राप्त गरेका छन्। प्रतिस्पर्धी  नेकपा (एमाले) का राजकुमार भण्डारीले ५१४५ मतले पिच्छा गरीरहेका छन्। नेकपा (माओवादी) केन्द्रका राधाकृष्ण न्यौपाने ३४७४ मत प्राप्त गरेका छन्।

उपप्रमुखमा पनि काग्रेसको अग्रता छ । काग्रेसबाट उपप्रमुखकी उम्मेद्वार उर्मीला श्रेष्ठले ५९८५ मत प्राप्त गरेकी छन्। उपमेयरमा एमालेकी मुना नेम्वाङले ५४६२ मत प्राप्त गरेकी छन् । हालसम्म १८८४३ मत गणना भएको छ।

अब १४३८ मत गन्न बाँकि छ । फिदिमका १४ वटा वार्ड ८ वार्ड अध्यक्ष जितको छ । यस्तै एमाले २ वटा  र माओवादिले २ वटा वार्ड जितेको छ । अव दुई वाडको नतिजा आउन बाँकि छ। 

प्रकाशित: १८ असार २०७४ ०९:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App