७ वैशाख २०८१ शुक्रबार
राजनीति

फिदिम सहित पाँचथरमा कांग्रेसले ४ स्थानीय तह जित्यो, एमालेको २, माओवादीको १

पाँचथर- पाँचथरका आठ स्थानीय तह मध्ये सात स्थानीय तहको परिणाम घोषणा भएको छ। फिदिम नगरपालिका सहित नेपाली  कांग्रेसले ४ स्थानीय तह जित्दै अग्रता लिएको छ। नेकपा (एमाले) ले दुई र नेकपा माओवादी केन्द्रले एक स्थानीय तह जितको छ।

काग्रेसले फिदिम नगरपालिका, फालेलुङ गाँउपालिका र तुम्वेवा गाँउपालिका जितको छ  । एमालले कुम्मायक गाँउपालिका र हिलिहाङ गाँउपालिकमा विजय प्राप्त गरेको छ । माओवादीले मिक्लाजुङ गाँउपालिका जितेको हो । मतगणना भईरहेको याङवरक गाँउपालिका एमालेको अग्रता छ।

फिदिम नगरपालिकाको प्रमुख तथा उपप्रमुख पदमा काग्रेस विजयी भएको छ । कांग्रेसका ओनाहाङ नेम्वाङ फिदिम नगरपालिकोको पहिलो मेयर बन्न सफल भएका हुन  । फिदिममा कांग्रेसले वहुमतले विजय प्राप्त गरेको हो । १४ वार्ड रहेको फिदिममा ९ वार्ड अध्यक्ष सहित प्रमुख र उपप्रमुखमा कांग्रेसले विजय हासिल गरेको हो।

एक हजार ४ सय  ७ बढी मतले नेम्वाङ विजयी भएका हुन । उपप्रमुखमा कांग्रेसकी उर्मिला श्रेष्ठ विजयी भईन । नेम्वाङ ६९०६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । प्रतिद्वन्दी नेकपा (एमाले)का राजकुमार भण्डारीले ५४९९ मत प्राप्त गरेका छन । माओवादीका राधाकृष्ण न्यौपानेले ३८८३ मत प्राप्त गरे।

यस्तै उपप्रमुखमा श्रेष्ठले ६६८ मतको अग्रतले जित निकालेकी हुन । उनले ६५१८ मत प्राप्त गरीन । उनलाई पच्छयएकी एमालेकी मुना नेम्वाङले ५८५० मत प्राप्त गरीन । यस्तै माओवादीकी रमुना लकान्द्रिले ३५३६ मत प्राप्त गरीन  । वार्डमा दुई स्थानमा एमाले र दुई स्थानमा माओवादिले वार्ड अध्यक्ष जितेको छ।

यस्तै फाल्गुन्द गाँउपालिकमा प्रमुख तथा उपप्रमुखमा कांग्रेस विजयी भएको छ । सात वार्डमा पाँच वार्ड अध्यक्ष सहित कांग्रेसले विजय प्राप्त गरेको हो।

कांग्रेसको अमर नेम्वाङ ४१६३ मत सहित विजयी भए। उनका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)का विरवहादुर कुरुङबाङलाई ७९६ मतले पराजित गर्दै नेम्वाङ प्रमुख बनेका हुन । कुरुम्वाङले  ३३६७ मत प्राप्त गरे । उपप्रमुखमा काग्रेसकी देवित्रा आङदेम्बे विजयी भएकी छन् । उनले निकटम प्रतिद्वन्दी करुणा राईलाई ५५९ मतले पछि पारीन । आङदेम्बेले ३९५३ मत प्राप्त गरेकी हुन । पाँच वार्ड अध्यक्षमा काग्रेस विजयी भएको छ ।

काग्रेसले तुमेवा गाँउपालिका जितको छ । तुमेवा गाँउपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका होम थापा विजयी भएका छन् । उनले  नेकपा माओवादी केन्द्रका देवेन्द्र खत्रिलाई ३५७ ले हराउँदै थापा विजयी भएका छन् । थापाले २३५० मत प्राप्त गरी विजयी भएका छन् । यहाँ काग्रेस र  राप्रपाले तालमेल गरेको थियो । उपप्रमुखमा भने एमालेका धनप्रसाद सावा विजयी भएका छन् । उनले राप्रपाका धलेन्द्र लिम्बुलाइई ४१९ मतले पछि पारे । सावले १९६४ मत प्राप्त गरेका छन् । पाँचवटा वार्ड भएको यो गाँउपालिकमा दुईवार्डमा काग्रेस र बाँकि तीनमा एमाले विजयी भएको छ ।

फालेलुङ गाँउपालिकाको प्रमुख तथा उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेद्वार विजयी भएका छन् । प्रमुखमा सञ्चकुमार केरुङ र उपप्रमुखमा हिमा अधिकारी  विजयी भएकी हुन । केरुङले २९९६ मत प्राप्त गरेका छन्। उनलाई पिच्छा गरेका नेकपा माओवादी केन्द्रका महेन्द्र जवेगुले २८३९ मत प्राप्त गरे। यस्तै उपप्रमुखमा अधिकारी २९८१ मतले विजयी भएकी छन् । उनलाई पिच्छा गरेकी माओवादीकी कविता थाम्सुहाङले २८०३ मत प्राप्त गरीन । कांग्रेसले फालेलुको तीनवटा वार्ड  अध्यक्ष जितको छ।

एमालेले हिलिहाङ र कुम्मायक गाँउपालिकामा बर्चस्व कायम गरेको छ। कुम्मायक गाँउपालिकामा नेकपा (एमाले)का जय चेम्जोङ विजयी भएका छन्। १२२३ मतले कांग्रेसका बम लावतीलाई पछि पार्दै चेम्जोङ विजयी भएका हुन । चेम्जोङले ३२२६ मत सहित विजयी भए । यस्तै उपप्रमुखमा एमालेकै सिता आचार्य विजयी भएकी छन् । उनले २१४७ मतले राप्रपाका जितवहादुर अगुवालाई पराजित गरेकी छन् । उनले ३२८५ मत प्राप्त गरेकी छन् । यहाँका पाँच वार्ड मध्ये ४ वार्ड अध्यक्ष एमालेले जितेको छ । हिलिहाङ गाँउपालिकामा नेकपा (एमाले)ले प्रमुख, उपप्रमुख तथा वार्ड अध्यक्ष सहित अधिकाश पदमा विजय हासिल गरेको छ । यहाँका ३७ पदमा ३४ पदमा एमाले विजयी भएको हो ।

हिलिहाङ गाँउपालिकाको प्रमुखमा एमालेका भुवानी लिङदेन ७६९ मतले विजयी भएका छन् । लिङदेनले ४१६९ मत प्राप्त गरी विजयी भएका हुन । उनका निकटम प्रतिस्पर्धी कांग्रेसका समर अधिकारीले ३४०० मत प्राप्त गरे । लिङदेन एमालेका जिल्ला उपाध्यक्ष समेत हुन । उपप्रमुखमा एालेकै सुमित्रा सेढाई उप्रेतलिे विजय हासि गरेकी छन् । उनले काग्रेसकी ताराकुमारी योङहाङलाई १०३६ मतले पछि पछि पारीन । योगाँउपालिकाका १ नम्बर वार्डको तीन सदस्य काग्रेसले जितको छ । यो वाहेक सवै पदमा एमालेले जित निकालेको छ ।

यहाँको मिक्लाजुङ गाँउपालिकमा प्रमुखमा विजयी भएको हो । यहाँ माओवादीका अम्मराज माखिम प्रमुखको पदमा विजयी भएका हुन उपप्रमुखमा भने  नेकपा (एमाले)की उर्मिला राई विजयी भएकी छन् । यहाँ नेपाली काग्रेस, एमाले र माओवादि विच त्रिपक्षिय प्रतिस्पर्धाकाविच माखिम विजयी भएका हुन।  माखिमले ४६६ मतको अग्रताले विजय प्राप्त गरे । उनले ३७६२ मत प्राप्तगरे । । उनका निकटम प्रतिद्वन्दी एमालेका धनकुमार फियाकले ३२९६ मत प्राप्त गरेका छन् । काग्रेसका खडक सुन्दर लावती निक्कै पछि परे। उनले २५०९ मत प्राप्त गरेका छन् । यहाँ माओवादिले ३ वार्ड, एमाले ४ वटा र एउटा काग्रेसले जितको छ।

 

 

प्रकाशित: १८ असार २०७४ १४:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App