स्विट्जरल्यान्ड— नेपालको पर्यटन प्रवर्ध्दन गर्ने उद्देश्यले स्विट्जरल्यान्डस्थित नेपाली दूतावास र गैरआवासीय नेपाली संघ स्विट्जरल्यान्डको संयुक्त आयोजनामा एक कार्यक्रम सम्पन्न भएको छ। 'माउन्टेन : कनेक्टिङ कल्चर एन्ड पिपुल' शीर्षक दिएर कार्यक्रम गरिएको हो।
अतिथि देवो भवःको संस्कार, युनेस्को विश्व सम्पदा र उच्च हिमाल हुनु नेपालको पर्यटनका लागि राम्रो भए पनि विश्व पर्यटन बजार उच्च प्रतिस्पर्धामा खरो उत्रिन नयाँ रणनीति ल्याउनु पर्ने उल्लेख गरे।
स्विट्जरल्यान्डका लागि नेपाली राजदूत दीपक धितालले कार्यक्रमको उद्घाटन गर्दै स्विस सरकारलाई नेपालको पर्यटन प्रवर्ध्दनमा पुर्याएको योगदानका लागि धन्यवाद ज्ञापन गरे। स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको उल्लेख गर्दै उनले अब नेपाल स्थायित्व र शान्तितर्फ अघि बढेको उल्लेख गरे। ठूलो आर्थिक वृद्धि हाँसिल गरिरहेका भारत र चीनबीचमा रहेको नेपालले आर्थिक फाइदा लिन सक्ने धेरै क्षेत्र रहेको उल्लेख गर्दै राजदूत धितालले नेपालको अग्ला हिमालहरु पर्यटकका लागि आकर्षको केन्द्र भएको उल्लेख गरे।
कार्यक्रमका अतिथि स्विस सरकारको विदेश विभागका एशिया तथा प्रशान्त क्षेत्र हेर्ने प्रमुख जोहान्स माटिएसीले भविष्यमा दुई देशबीच सहकार्य गर्न सक्ने धेरै क्षेत्र रहेको उल्लेख गरे। नेपालमा स्विस सरकारले गरेको सहयोगको चर्चा गर्दै उनले कार्यक्रममा सहभागी हुने अवसर पाएकोमा धन्यवाद ज्ञापन गरे।
कार्यक्रमलाई गैर आवसीय नेपाली संघ अन्तरार्ष्ट्रिय परिषद सदस्य डा. विनयकुमार श्रेष्ठले पनि सम्बोधन गरेका थिए। पर्यटन प्रवर्ध्दनका लागि दूतावाससँगको सहकार्यमा यस किसिमको अर्थपूर्ण कार्यक्रम गर्ने अवसर प्रदान गरेकोमा डा.श्रेष्ठले नेपाली दूतावासलाई धन्यवाद ज्ञापन गरे। अतिथि देवो भवःको संस्कार, युनेस्को विश्व सम्पदा र उच्च हिमाल हुनु नेपालको पर्यटनका लागि राम्रो भए पनि विश्व पर्यटन बजार उच्च प्रतिस्पर्धामा खरो उत्रिन नयाँ रणनीति ल्याउनु पर्ने उल्लेख गरे।
'पर्यटन बजारमा उच्च प्रतिस्पर्धा छ। यसले गर्दा पर्यटकका लागि सुहाउँदो एवं विश्वासिलो उपस्थिति जनाउन लागि दवाब सिर्जना गरिरहेको छ', उनले भने। नेपाल सरकारले स्थानीय तहका पर्यटक गन्तव्यहरुको प्रवर्द्धनका लागि अलग पर्यटन नीति अख्तियार गर्नुपर्ने उनले औंल्याए।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका अवैतनिक जनसम्पर्क प्रतिनिधि कमल भट्टले नेपाल भ्रमण किन गर्नुपर्छ भन्ने विषय प्रस्ट्याउन पावर पोइन्ट प्रस्तुति दिएका थिए। नेपाली र स्विससहित १२५ सहभागी कार्यक्रमलाई स्विस नेपाल समाजका मार्कस रक्स्तुह्लले सम्बोधन गरेका थिए।
प्रकाशित: १८ असार २०७४ १४:३१ आइतबार