coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

इलाम नगरपालिकामा एमाले विजयी

इलाम- इलाम नगरपालिकाको मेयरमा नेकपा एमालेका महेश बस्तेत ११ हजार ३३ मतसहित विजयी भएका छन् । निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हिमालय कर्माचार्यले ९ हजार २ सय ६८ मत ल्याए ।
    उपमेयरमा एमालेकै सुशीला नेम्बाङ १० हजार ९ सय ४६ मतसहित विजयी भइन् । कांग्रेसकी चन्दा कार्कीले ९ हजार २ सय ५४ मत ल्याएकी छिन् । नगरपालिकाका १२ वडामध्ये ६ मा कांग्रेस र ६ वटा वडामा एमालेका वडाध्यक्ष विजयी भएका छन् ।
    इनपा १ मा एमालेका अम्विका गौतम, २ मा एमालेकै नारद लम्साल, ३ मा कांग्रेसका तीर्थ गुरुङ, ४ मा कांग्रेसका नुतनदेव दुलाल र ५ एमालेका ठाकुर श्रेष्ठ, ६ मा एमालेका माधव भट्टराई विजयी भए । वडा ७ मा कांग्रेसका नरेश श्रेष्ठ, ८ मा कांग्रेसकै होम बस्नेत, ९ मा एमालेका श्यामकृष्ण घिमिरे, १० मा एमालेका रोम लुंगेली ११ मा कांग्रेसका रविन एक्तेन र १२ मा कांग्रेसकै लाखमान लिम्बू विजयी भएका छन् ।
    

 

प्रकाशित: १८ असार २०७४ १४:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App