coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

देउमाई नगरपालिकामा एमाले विजयी

इलाम-देउमाई नगरपालिकाको मेयरमा एमालेका सूर्य पोख्रेल विजयी भएका छन्। पोख्रेलले ७ हजार ३ सय ४७ मत पाए भने नेपाली कांग्रेसका होम दुलालले ६ हजार ६ सय ४५ मत ल्याएका छन्।

                उपमेयरमा एमालेकै पविमाया राई ७ हजार ३ सय ८७ मतसपहत विजयी भएकी छिन् । नेकाकी सूर्यमाया राईको ६ हजार ३ सय ९० मत आएको छ । देउमाई नगरपालिका–१ मा नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार माधव बस्नेत ६७० मत ल्याएर प्यानलसहित विजयी भए । २ को वडाध्यक्षमा कांस्रेसका भवानी शंकरको प्यानल विजयी भएको छ । वडा–३ को वडाध्यक्षमा एमालेका दाबा तामाङको प्यानल विजयी भयो ।

                ४ मा कांग्रेसका राजेन्द्र बाँस्तोला ७३८ मत ल्याएर प्यानलसहित विजयी भए । वडा ५ मा कांग्रेसका दिलीपकुमार कार्कीसहित नेकाका २ र एमालेका २ सदस्य विजयी भए । वडा ६ मा एमालेका भगीरथ राई प्यानलसहित विजयी भए । देउमाई नपा–७ को वडाध्यक्षमा नेकाका झक्तबहादुर लिम्बू ८४० मत ल्याएर विजयी । देउमाई देउमाई नपा ८ को वडाध्यक्षमा एमालेका चन्द्र मगर १०६९ मतसहित विजयी भए । वडा ९ को वडाध्यक्षमा एमालेका प्रेम बराल प्यानल विजयी भए।

 

 

 

 

 

प्रकाशित: १८ असार २०७४ १६:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App