१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

इलामको फाकफोकथुम गाउँपालिका अध्यक्षमा कांग्रेस

इलाम- फाकफोकथुम गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका रामकुमार श्रेष्ठ विजयी भएका छन्। श्रेष्ठले ४१ सय ४२ मत ल्याएका छन्। निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका दीपेन्द्र खनालले ३९ सय ८३ मत ल्याए।

गाउँपालिका उपाध्यक्षमा एमालेकी सरस्वती राई (सरु) ४२ सय ४१ मतसहित विजयी भइन्। निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी डालाकुमार कार्की (विष्ट)को ३९ सय ७८ मत छ।

फाकफोकथुम १ मा नेपाली कांग्रेसका वडाध्यक्ष टेकवीर लिम्बू ६०३ मत ल्याएर विजयी भए। वडा २ को वडाध्यक्षमा कांग्रेसका यामबहादुर खत्री प्यानलसहित विजयी बनेका छन्। वडा ३ मा कांग्रेसका राजन पौडेल प्यानलसहित विजयी भए। वडा ४ को वडाध्यक्षमा एमालेका हरिप्रसाद दंगाली ८७५ मत ल्याएर विजयी भए।

फाकफोकथुम–५ को वडाध्यक्षमा नेकपा एमालेका सिद्धमान आले ४७६ मत ल्याएर प्यानलसहित विजयी भए। वडा ६ को वडाध्यक्षमा कांग्रेसका डिकबहादुर थापा ४४६ मत ल्याएर विजयी भए। वडा ७ को वडाध्यक्षमा एमालेका लोकबहादुर गोदार थापाको प्यानल विजयी भएको छ।

प्रकाशित: १९ असार २०७४ ०३:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App