इलाम – फाकफोकथुम गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका रामकुमार श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले ४१ सय ४२ मत ल्याएका छन् । निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका दीपेन्द्र खनालले ३९ सय ८३ मत ल्याए ।
गाउँपालिका उपाध्यक्षमा एमालेकी सरस्वती राई (सरु) ४२ सय ४१ मतसहित विजयी भइन् । निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी डालाकुमार कार्की (विष्ट)को ३९ सय ७८ मत छ ।
फाकफोकथुम १ मा नेपाली कांग्रेसका वडाध्यक्ष टेकवीर लिम्बू ६०३ मत ल्याएर विजयी भए । वडा २ को वडाध्यक्षमा कांग्रेसका यामबहादुर खत्री प्यानलसहित विजयी बनेका छन् । वडा ३ मा कांग्रेसका राजन पौडेल प्यानलसहित विजयी भए । वडा ४ को वडाध्यक्षमा एमालेका हरिप्रसाद दंगाली ८७५ मत ल्याएर विजयी भए ।
फाकफोकथुम–५ को वडाध्यक्षमा नेकपा एमालेका सिद्धमान आले ४७६ मत ल्याएर प्यानलसहित विजयी भए । वडा ६ को वडाध्यक्षमा कांग्रेसका डिकबहादुर थापा ४४६ मत ल्याएर विजयी भए । वडा ७ को वडाध्यक्षमा एमालेका लोकबहादुर गोदार थापाको प्यानल विजयी भएको छ ।
प्रकाशित: १९ असार २०७४ ०५:४६ सोमबार