६ वैशाख २०८१ बिहीबार
अन्य

जिन्समा लामो कुर्ता

कुर्ता सहरी महिलाको ‘फेसन’बाट अलग गर्न नसकिने पहिरन हो । सबै मौसममा लगाइने कुर्ता सुरुवाल जुनसुकै वर्गका महिलाको पनि रोजाइ बन्ने गरेको छ । 

कुर्तालाई विभिन्न ‘डिजाइन’मा ढालेर लगाउन मिल्ने भएका कारण सर्वसाधारणदेखि ‘सेलिब्रेटी’सम्म कुर्तामा ठाँटिएको देख्न पाउँछौं । कुर्ता साधारणतः सुरुवाल र सलसहितको सेटमा लगाउने गरिए पनि यसपाली भने काठमाडौंमा कुर्ताको फरक ‘फेसन’ चलिरहेको छ । 

कुर्तालाई विभिन्न ‘डिजाइन’मा ढालेर लगाउन मिल्ने भएका कारण सर्वसाधारणदेखि ‘सेलिब्रेटी’सम्म कुर्तामा ठाँटिएको देख्न पाउँछौं । कुर्ता साधारणतः सुरुवाल र सलसहितको सेटमा लगाउने गरिए पनि यसपाली भने काठमाडौंमा कुर्ताको फरक ‘फेसन’ चलिरहेको छ । 

लामो कुर्तामा ‘जिन्स प्यान्ट्स’ लगाउने चलन निकै चलेको भक्तपुरकी ‘फेन्सी स्टोर’को सञ्चालक कञ्चन दोङले बताइन् । उनले भनिन्, ‘जिन्स लगाउने पुस्ताले कुर्ता लगाउने फेसन छ । लामो कुर्तामा जिन्स प्यान्ट्स लगाउँदा सुन्दर पनि देखिएका छन् ।’ 

गायत्री नेपाली एक गैरसरकारी संस्थामा काम गर्छिन् । साधारण पहिरन मन पराउने उनी यसपाली लामो कुर्ताप्रति आकर्षित भइन् । उनले रोजिन्, कालो ‘जिन्स प्यान्ट्स’ मा पहेँलो र निलो ‘फ्लोरल प्रिन्ट’ भएको लामो कुर्ता । ‘निकै सहज भइरहेको छ । औपचारिक पनि देखिएकी छु जस्तो लाग्छ,’ उनले भनिन्, ‘कहिलेकाहीँ औपचारिक बैठक वा कार्यक्रममा उपस्थित हुँदा र गाउँतिर फिल्ड जाँदासमेत सजिलो महसुस भएको छ ।’ आफ्नो ‘डिजाइनर’ कुर्ता र ‘स्किनी प्यान्ट्स’को यो ‘स्टाइल’लाई साथीभाइले समेत मन पराएको उनले बताइन् । 

स्नातक तहका विद्यार्थी सञ्जिता ढकाल र उनकी साथी बबिता रेग्मीले यसपालिको गर्मीमा घुँडाभन्दा तलसम्म लामो कुर्ता र ‘प्यान्ट्स’ लगाए । लामो कुर्ता सुरुवाल विरलै लगाउन सञ्जिताले भनिन्, ‘कुर्ता पनि यति स्टाइलिस हुन सक्छ भन्ने सोचकै थिइनँ । कहिलेकाहिँ छोटो कुर्ता र सुरुवाल लगाए पनि लामो कहिल्यै लगाएकी थिइनँ । यो लगाउँदा राम्रो लाग्यो ।’ उनले थानको कपडा काटेर कटनको कुर्ता बनाउन लगाएकी हुन् । कालो पृष्ठभूमिमा सेतो टीका ‘प्रिन्ट’ भएको कुर्तामा लगाएकी छिन्, गाढा निलो ‘च्यानल’ ‘जिन्स’ । 

बजारमा चलेको ‘ट्रेन्ड’ पछ्याउने सञ्जिताकी साथी बबितालाई पनि लामो कुर्तामा आफू ‘स्टाइलिस’ भएको महसुस गरेकी छिन् । बबिताले भनिन्, ‘कुर्ता भनेपछि सल लगाउनुपर्ने झन्झटले गर्दा कहिल्यै लगाउने थिइनँ । त्यो झन्झट बिनाको यो ‘स्टाइल’ मलाई एकदम मन परेको छ ।’ उनको गाढा निलो सादा कुर्ताको बोर्डरमा भने सेतो धागाको बुट्टा छ । बबिताले भनिन्, ‘लामो कुर्ता र प्यान्ट्स मैले स्पोर्टस सुजमा पनि लगाएकी छु । जस्तोसुकै जुत्ता र गहनासँग मिल्ने भएकोले यो स्टाइल मन पर्‍याे।’
  
विभिन्न ‘डिजाइन’का लामो कुर्ता लगाउने चलन नयाँ भने नभएको कीर्तिपुरकी बिना शर्माको भनाइ छ । आफू जवान हुँदा पनि धेरै पटक लामो कुर्ताको ‘स्टाइल’ चलनमा आएको उनले बताईन् । ४६ वर्षकी शर्माले भनिन्, ‘फेसन फर्किरहँदो रहेछ । हामीले लगाउँदा पुरानो फेसन भयो भनेर जिस्काउने आफ्नै छोरीहरू आफैं लगाउन थालेका छन् ।’ लामो कुर्ताको ‘फेसन’ फर्किएकोमा उनी खुसी छिन् । भन्छिन्, ‘आफ्नो जमानाको फेसन छोरीहरूले लगाएको देख्दा खुसी लाग्छ । पहिले साधारण डिजाइन थियो, अहिले डिजाइन मोडर्न भएर आएछ ।’ युवा पुस्ता सुहाउँदो ‘डिजाइन’मा बनाइए गुन्यूचोलीको ‘फेसन’ समेत फर्किने हो कि भन्ने उनलाई लाग्छ । 

पछिल्लो समय चल्तीमा रहेको ‘जिन्स’मा कुर्ता लगाउने ‘स्टाइल’लाई विश्लेषकले ‘सोफिस्टिकेटेड सिम्प्लिसिटी’ भनेका छन् । साधारण खालका कुर्तालाई पनि ‘जिन्स’मा लगाएर ‘स्टाइलिस’ बन्ने मौकाका रूपमा यो ‘स्टाइल’को विश्लेषण गरिएको छ । परम्परागत र आधुनिक शैली मिसिएको यो ‘फेसन’ विद्यार्थीदेखि कामकाजी महिलाको रोजाइ बनेको छ । 

प्रकाशित: १९ असार २०७४ ०७:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App