coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

इलामको माई नगरपालिकामा एमाले विजयी

इलाम- माई नगरपालिकाको मेयर पदमा नेकपा एमालेका दीपकुमार थेबे विजयी भएका छन्। थेबेले ६ हजार ७७ मत ल्याए। निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हेमकुमार कार्की (विष्णु)ले ४५ सय २६ मत ल्याएका छन्।

उपमेयरमा एमालेकै विष्णुमाया आचार्य विजयी भइन् । आचार्यले ५८ सय ९६ मत ल्याएकी छिन्। निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी चन्द्रमाया लिम्बूले ४६ सय ८६ मत ल्याएकी छिन्।

                माई नगरपालिका वडा १ को वडाध्यक्षमा  नेकपा एमालेका पदमबहादुर फागो (५३१ मत) को प्यानल विजयी भए । एमालेकै उमा मगर, रश्मिता बराइली, ठगबहादुर राई र प्रेम गिरी वडा सदस्यमा निर्वाचित भए । वडा २ मा पनि एमालेका खम्बासिंह लिम्बूको प्यानल नै विजयी भयो । लिम्बूले ७२२ मत ल्याए।

                माई ३ मा नेपाली कांग्रेसका शेरबहादुर एक्तेनसहित ३ सदस्य कांग्रेस र १ सदस्य एमालेबाट विजयी भएका छन् । वडा ४ मा एमालेका सूर्यप्रसाद दुलाल ६०६ मत ल्याएर प्यालनसहित विजयी भए। निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रको ३४८ मत छ । माई नपा ५ को वडाध्यक्षमा एमालेका गम्भीरमान तामाङको प्यानल विजयी भयो । माई नपा ६ मा नेकपा एमालेका मुखराज आङ्देम्बेको प्यानल विजयी भएको छ ।

                माई–७ को वडाध्यक्षमा एमालेका रामप्रसाद सदेम्बाको प्यानल विजयी भएको छ । माई ८ मा एमालेकै भक्तबहादुर आङ्देम्बेको प्यानल विजयी भयो । ९ को वडाध्यक्षमा एमालेका लीला बान्तवा प्यानलसहित विजयी भए भने वडा १० को वडाध्यक्षमा कांग्रेसका मनबहादुर बस्नेत प्यानलसहित विजयी भएका छन्।

 

 

प्रकाशित: १९ असार २०७४ १२:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App