coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

टीकापुरको मेयरमा एमाले र उपमेयरमा कांग्रेस विजयी

टीकापुर- टीकापुर नगरपालिकाको मेयरमा एमाले र उपमेयरमा कांग्रेसले जितेको छ। मेयरका उम्मेदवार तपेन्द्र रावलले ५ हजार ९५९ मत प्राप्त गरी विजयी भएका छन। उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका ललित थापा शिवले ५ हजार ६१० मत प्राप्त गरे। लोकतान्त्रिक फोरमका लौटन चौधरीले ५ हजार ५३४ र काँग्रेसका जंगबहादुर साउँदले ५ हजार ५१४ मत पाए।

उपमेयरमा भने कांग्रेसकी केशरी बिष्टले सर्वाधिक मत प्राप्त गरेकी छन। उनले प्रतिद्वन्द्वी माओवादी केन्द्रकी आशा चौधरी भन्दा ६७३ मतको अग्रताले विजय हात पारिन। उनले ६ हजार २२६ मत प्राप्त गरेकी छन।

यसैगरी राप्रपाका मेयर उम्मेदवारले ६८८ र उपमेयरले ६५०, नयाँ शक्तिका मेयरले २६० र उपमेयरले २७९, राष्ट्रिय जनमोर्चाका मेयरले १२७ र ६६, मादल चिन्हले मेयरमा २२ र उपमेयरमा १७, क्यामरा चिन्हले मेयरमा १७ र बाकस चिन्हले २ मत प्राप्त गरेका छन। क्यामेरा र बाकस चिन्हका उपमेयरले कुनै मत पाएका छैनन। सेलरोटीको चाङ चिन्हको उपमेयरले २७ मत हासिल गरेपनि मेयरले भने शून्य मत पाएका छन्।

वडाध्यक्षहरुमा वडा नं. १ र २ मा एमालेका क्रमशः गंगाराम आचार्य र प्रकाशबहादुर बुढाथोकी विजयी भएका छन्। वडा नं. ३, ४, ५ र ६ मा लोकतान्त्रिक फोरमका क्रमशः रामसेवक महतो, लालविर चौधरी, रामशंकर डगौरा थारु र बलिराम चौधरी विजयी भएका छन्। त्यस्तै वडा नं. ७, ८ र ९ मा माओवादी केन्द्रका रामलाल डगौरा थारु, दिर्घबहादुर ठकुल्ला र लौटन चौधरी विजयी भएका छन्।

३९ हजार १९२ मतदाता रहेको टीकापुर नगरपालिकामा २७ हजार १६२ मत खसेको थियो। जसमध्ये २६ हजार ९२९ मत मात्रै सदर भएको मुख्य निर्वाचन अधिकृत मनप्रसाद रेग्मीले जानकारी दिएका छन्।

प्रकाशित: २० असार २०७४ ०२:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App