१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कैलालीको भजनीमा माओवादी केन्द्रको जीत

टीकापुर- कैलालीको भजनी नगरपालिकामा माओवादी केन्द्रले मेयर र उपमेयर दुवै पदमा जित हात पारेको छ। माओवादी केन्द्रका शेरबहादुर चौधरीले लोकतान्त्रिक फोरमका केवल चौधरीलाई २०३ मतले हराएका छन। शेरबहादुरले ५ हजार २२८ र केवलले ५ हजार २५ मत पाए।

त्यस्तै उपमेयरमा समेत माओवादी केन्द्रकै छाया देवकोटाले ५ हजार ८ मतले विजय हात पारिन्। उनले लोकतान्त्रिक फोरमकै उम्मेदवारलाई हराइन्। वडा अध्यक्षमा समेत माओवादी केन्द्रकै बहुमत रहेको छ। उसले २, ४, ८ र ९ गरी चार वडामा जितेको छ। त्यस्तै एमालेले २, लोकतान्त्रिक फोरमले २ र काँग्रेसले १ वडामा जितेको छ।

प्रकाशित: २० असार २०७४ ०८:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App