७ वैशाख २०८१ शुक्रबार
प्रवास

मानवतस्कर पीडितले दूतावासमा उजुरी नगरेको दाबी

कार्यक्रमका सहभागी।

युएई - दलाललाई मोटो रकम बुझाई भिजिट भिषामा युएई आएर अलपत्रमा परेका एक जना पनि नेपालीको निवेदन नेपाली दुताबासमा नआएको नेपाली दुताबास युएईले जनाएको छ। नेपाली दुताबास युएईले शुक्रबार युएईको अलऐनमा आयोजना गरेको सचेतना तथा अन्तर्किया कार्यक्रममा बोल्दै नेपाली दुताबास युएईका कार्यबाहक राजदुत नेत्र बहादुर टन्डनले यस्तो बताएका हुन्। 

कार्यक्रममा सहभागी नेपालीहरुले भिजिट भिषामा आएर अलपत्र परेका नेपालीहरुको दर्दनाक कथा सुनाएका थिए। उनीहरुले मानव तस्कर र हुण्डी गर्ने दलाललाई दुताबासले कारवाही गर्न नसकेको आरोप समेत लगाएका छन्।

दाहाल नेपाल फर्किएपछि अध्यागमन विभागका उच्च पदस्थ कर्मचारीको सरुवा भए पनि विमानस्थलस्थित अध्यागमन कर्मचारी र मानव तस्करको सेटिङमा नेपाली युएई आउने क्रम रोकिएको छैन।

कार्यक्रममा उपस्थित सहभागीले सोधेको प्रश्नको जवाफ दिदै कार्यबाहक राजदुत टन्डनले दलालबाट ठगिएका कुनै पीडितले हामी ठगियौं भनेर अहिलेसम्म औपचारिक रुपमा दुताबासमा निवेदन नदिएको बताए। 'यदि ठगिएका पीडितले दलालको नाम लिएर हामी ठगियौं भनी निवेदन दिन आउछन् भने सम्बन्धित निकायमा खबर गरी कारवाही गर्छौं', उनले भने, 'अहिलेसम्म युएईमा भिजिट भिषामा आएर अलपत्र पर्‍यौ भनेर कसैले निवेदन दिएकै छैन।'

पछिल्लो समय दलाललाई २ देखि ३ लाख सम्म रकम बुझाएर त्रिभुवन  विमान स्थलबाट सेटिंग गरी युएई आउने र अलपत्र पर्ने नेपालीहरुको संख्या बढ्दो छ। युएईमा रहेका नेपाली समाज युएई, एनआरएन युएई लगाएत विभिन्न संघ संस्थाहरुले भिजिट भिषामा आएर अलपत्र परेका नेपालीहरुलाई उद्धार गर्दै आएका छन्।

उद्धारमा संलग्न नेपाली संस्थाहरु भने दूतावासका आधिकारिक व्यक्तिको त्यस्तो भनाइसँग सहमत छैनन्। 'दलालले पैसा नदेलान् भनेर केही पीडित दुतावास नगएका पनि होलान्। तर पीडित भएकामध्ये धेरैले निवेदन दिएका छन्। निवेदनको आधारमा दूतावासले पीडकलाई अहिलेसम्म कारवाही गर्न सकेको छैन', एनआरएन युएईका उपाध्यक्ष रमेश श्रेष्ठले भने।

केही महिना पहिले तत्कालीन प्रधानमन्त्री पुष्प कमल दाहाल युएई भम्रणमा रहेको बेला नेपालीहरुले भिजिट भिषाको विषयमा गुनासो गरेका थिए। नले नेपाल फर्के लगत्तै त्रिभुवन विमानस्थलका अध्यागमन कर्मचारीलाई कारवाही दायरामा ल्याउने आश्वसन दिएका थिए। दाहाल नेपाल फर्किएपछि अध्यागमन विभागका उच्च पदस्थ कर्मचारीको सरुवा भए पनि विमानस्थलस्थित अध्यागमन कर्मचारी र मानव तस्करको सेटिङमा नेपाली युएई आउने क्रम रोकिएको छैन।

 

प्रकाशित: २० असार २०७४ ११:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App