७ वैशाख २०८१ शुक्रबार
राजनीति

इलामको मतगणना सकियो, यस्तो छ नतिजा

इलाम- सूर्योदय नगरपालिकाको मेयरमा नेकपा एमालेका रनबहादुर राई (आरबी) र उपमेयरमा एमालेकै दुर्गादेवी भट्टराई विजयी भएका छन्। मेयरमा राईले १२ हजार ९ सय १९ मत ल्याए। निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रेमलाल राईले १० हजार ३ सय २९ मत ल्याएका छन्।

                उपमेयरमा एमालेकी भट्टराईको १२ हजार ८ सय ९० मत र निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी खगेश्वरी अधिकारी (बन्दना) को ९ हजार ९ सय २७ मत छ ।

                जम्मा १४ वटा वडा रहेको सूर्योदय नगरपालिका–१ को वडाध्यक्षमा कांग्रेसका राजकुमार सेरेङ १४ सय ५६ मतसहित विजयी भए । २ को वडाध्यक्षमा एमालेका चन्द्र सुब्बा ७५० मत ल्याएर प्यानलसहित विजयी भए । वडा ३ मा पनि एमालेका होम कार्की ९७१ मत ल्याएर प्यानलसहित विजयी भए । ४ को वडाध्यक्षमा एमालेका मदन लामिछानेको प्यानल विजयी भयो भने ५ मा नेकपा एमालेका प्रेमकुमार तामाङ १ हजार ६४ मत ल्याएर प्यानलसहित विजयी बने ।

                वडा ६ को वडाध्यक्षमा नेकपा एमालेका शिवकुमार बस्नेतको प्यानल विजयी भयो । ७ मा नेकाका लेखनाथ खड्का ५८० मत ल्याएर विजयी बने । वडा ८ को वडाध्यक्षमा एमालेका सुवास राई विजयी भए भने ९ मा एमालेकै देवेन्द्र शर्मा प्यानलसहित विजयी भए । वडा १० मा एमालेकै पेमाउगेन लामा (भाइचुङ) विजयी भए । वडा ११ मा एमालेका टेकबहादुर राईको प्यानल र १२ मा पनि एमालेकै डोलेन्द्र भारद्वाजको प्यानल विजयी भएको छ । वडा १३ मा कांग्रेसका धनबहादुर राई वडाध्यक्ष विजयी बने। वडा १४ मा कांग्रेसका नरबहादुर सुवेदीको प्यानल विजयी भएको छ ।

                सूर्योदयको परिणामसँगै इलामका सबै (१०) स्थानीय तहको मतगणनाको अन्तिम नतिजा आइसकेको छ । जसमा, एमाले सबैभन्दा पहिलो भएको छ । ४ नगरपालिका र ६ गाउँपालिकामा एमालेबाट ४ मेयर, ४ उपमेयर, ३ अध्यक्ष, ५ उपाध्यक्ष विजयी भएका छन् ।

                कांग्रेसबाट ३ अध्यक्ष, १ उपाध्यक्ष विजयी भए । जिल्लाका ८१ वडामध्ये एमालेले ४४ वटामा प्यानल नै जितेको छ । कांग्रेसले १६ तथा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राष्ट्रिय जनमुक्ति पार्टीले १–१ वडामा प्यानल जितेका छन् । १९ वटा वडामा मिश्रित प्यानल आएको छ । मिश्रितमा एमालेले ३ वडाध्यक्ष जितेको छ भने कांग्रेस १४ र माओवादीले एउटा वडामा वडाध्यक्ष जितेको छ ।

 

इलाममा मतगणनाको अन्तिम नतिजा यस्तो छ :

१. सूर्योदय नगरपालिका

मेयर/उपमेयर

कांग्रेस, प्रेमलाल चाम्लिङ १०३२९/खगेश्वरी अधिकारी (वन्दना) ९९२७

एमाले, रनबहादुर राई १२९१९ (विजयी)/दुर्गादेवी भट्टराई १२८९० (विजयी)

एमाले प्यानल

वडा, २, ३, ४, ५, ६, ९, ११, १२

कांग्रेस प्यानल

वडा १४

मिश्रित विजय

वडा १ (वडाध्यक्षसहित ३ सदस्य नेका, १ सदस्य एमाले विजयी)

वडा ७ (वडाध्यक्षसहित १ सदस्य, ३ सदस्य एमाले विजयी)

वडा ८ (वडाध्यक्षसहित ३ सदस्य एमाले, १ सदस्य कांग्रेस विजयी)

वडा १० (वडाध्यक्षसहित ३ सदस्य एमाले, १ सदस्य कांग्रेस विजयी)

वडा १३ (वडाध्यक्ष कांग्रेस, ४ सदस्य एमाले विजयी)

 

२. माई नगरपालिका

मेयर/उपमेयर

कांग्रेस, हेमकुमार कार्की ४५२६/चन्द्रमाया लिम्बू ४६८३

एमाले, दीपकुमार थेबे ६०७७ (विजयी)/विष्णुमाया आचार्य ५८९६ (विजयी)

एमाले प्यानल

वडा १, २, ४, ५, ६, ७, ८, ९

कांग्रेस प्यानल

वडा १०

मिश्रित विजय

वडा ३ (वडाध्यक्षसहित ३ सदस्य नेका, १ सदस्य एमाले विजयी)

 

३. इलाम नगरपालिका

मेयर/उपमेयर

कांग्रेस, हिमालय कर्माचार्य ९२६८/चन्दा केसी कार्की ९२५४

एमाले, महेश बस्नेत ११०३३ (विजयी)/सुशीला नेम्बाङ १०९४६ (विजयी)

एमाले प्यानल

वडा १, २, ५, ९, १०

कांग्रेस प्यानल

वडा ३, ४, १२

मिश्रित विजय

वडा ६ (वडाध्यक्षसहित ३ सदस्यमा एमाले १ सदस्यमा नेका विजयी

वडा ७ (वडाध्यक्षसहित २ सदस्य नेका, २ सदस्य एमालेबाट विजयी

वडा ८ (वडाध्यक्ष नेका, ४ सदस्य एमाले विजयी)

वडा ११ (वडाध्यक्षसहित १ सदस्य नेका, ३ सदस्य एमाले विजयी)

 

४. देउमाई नगरपालिका

मेयर/उपमयेर

कांग्रेस, होम दुलाल ६६४५/सूर्यमाया राई ६३९०

एमाले, सूर्य पोख्रेल ७३७१ (विजयी)/पविमाया राई ७३८७ (विजयी)

एमाले प्यानल

वडा ३, ६, ८, ९

कांग्रेस प्यानल

वडा १, २, ४

मिश्रित विजय

वडा ५ (वडाध्यक्षसहित २ सदस्य नेका, २ सदस्य विजयी)

वडा ७ (वडाध्यक्ष नेका, ४ सदस्य एमाले)

 

५. माइजोगमाई गाउँपालिका

अध्यक्ष/उपाध्यक्ष

कांग्रेस, सिटी शेर्पा ३९३६/लोकमाया थेबे ३९४२

एमाले, जितबहादुर राई ५६९६ (विजयी)/सावित्रा भट्टराई ५२९५ (विजयी)

एमाले प्यानल

वडा १, ४, ५, ६

कांग्रेस प्यानल

वडा ३

मिश्रित विजय

वडा २ (वडाध्यक्षसहित ३ सदस्य नेका, १ सदस्य एमाले विजयी)

 

६. माङ्सेबुङ गाउँपालिका

अध्यक्ष/उपाध्यक्ष

कांग्रेस, डिकेन्द्र इदिङ्गो ३७५९ (विजयी)/सस फोरम, विनोद नेम्बाङ २७७१

एमाले, हेमन्त राई ३१५१/सुनिता योङहाङ २९८१ (विजयी)

एमाले प्यानल

वडा ३, ४

कांग्रेस प्यानल

वडा १

राष्ट्रिय जनमुक्ति मोर्चाको प्यानल

वडा ५

मिश्रित प्यानल

वडा २ (वडाध्यक्षसहित २ सदस्य नेका, २ एमाले विजयी)

वडा ६ (वडाध्यक्ष नेका, ४ सदस्य एमाले विजयी)

 

७. रोङ गाउँपालिका

अध्यक्ष/उपाध्यक्ष

कांग्रेस, समशेर राई ३९८५ (विजयी)/चन्द्रकला राई ४१०२ (विजयी)

एमाले, वृहस्पति खतिवडा ३६७२/विष्णुमाया खवास ३६६७

एमाले प्यानल

वडा १, ५

कांग्रेस प्यानल

वडा ४, ६

मिश्रित विजय

वडा २ (वडाध्यक्षसहित ३ सदस्य नेका, १ सदस्य एमाले विजयी)

वडा ३ (वडाध्यक्षसहित १ सदस्य नेका, ३ सदस्य एमाले विजयी)

 

८. चुलाचुली गाउँपालिका

अध्यक्ष/उपाध्यक्ष

कांग्रेस, राजेन्द्र केरुङ ३१४९/लक्ष्मी मिश्र २३९५

एमाले, प्रदीपचन्द्र राई ३४९३ (विजयी)/निर्मला दाहाल ३३६४ (विजयी)

एमाले प्यानल

वडा २, ४, ५, ६

कांग्रेस प्यानल

वडा ३

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको प्यानल

वडा १

 

९. सन्दकपुर गाउँपालिका

अध्यक्ष/उपाध्यक्ष

कांग्रेस, देवेन्द्र सुवेदी २३५४/सविता गुरुङ २१७२

एमाले, उदयबहादुर राई ४५२९ (विजयी)/शोभा पराजुली ३९२० (विजयी)

एमाले प्यानल

वडा २, ३, ४, ५

मिश्रित विजय

वडा १ (वडाध्यक्षसहित १ सदस्य नेकपा माओवादी केन्द्र, ३ सदस्य एमाले विजयी)

 

१०. फाकफोकथुम गाउँपालिका

अध्यक्ष/उपाध्यक्ष

नेका, रामकुमार श्रेष्ठ ४१४२ (विजयी)/डाला कार्की विष्ट३९८३

एमाले,३९७८/सरस्वती राई ४२४१ (विजयी)

एमाले प्यानल

वडा ४, ५, ७

कांग्रेस प्यानल

वडा १, २, ३

मिश्रित विजय

वडा ६ (वडाध्यक्षसहित १ सदस्य नेका, ३ सदस्य एमाले विजयी)

प्रकाशित: २० असार २०७४ १४:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App