coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रवास

वेलायतको एमालेमा पुडासैनी निर्विरोध

लण्डन—वेलायतस्थित नेकपा एमालेको भातृसंस्था प्रवासी नेपाली मन्चको अध्यक्षमा राजेन्द्र पुडासैनी निर्विरोध निर्वाचित भएका छन्। मञ्चको आइतवार लण्डनमा सम्पन्न चौथो अधिवेसनमा उनका प्रत्याशी आङकल जङ लामाले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि सर्वसम्मत अध्यक्ष भएका हुन्।

यसअघि अधिवेसनको उद्‌घाटन गर्दे नेकपा एमाले नेता योगेश भट्टराईले आगामी मंसिर महिनामा नेकपा एमालेको सरकार बन्ने दावी गरेका थिए।  

३ बर्षे कार्यकालका लागि अन्य पदाधिकारीमा मध्य उपाध्यक्षमा,धनबहादुर क्षेत्री, नारद भन्डारी, रामजी बराल र कुमार केसी निर्विरोध भए। यस्तै महिला उपाध्यक्षमा सरस्वती केसी, महासचिवमा विजयविक्रम लिम्बु, सचिवमा हेम लिम्बु र डासु पाण्डे सर्वसम्मत चयन भएका छन्।

यस्तै सदस्यहरुमा मिलन घिमिरे, हरि आचार्य, कृष्ण भण्डारी, केदार थपलिया, कृष्ण तिवारी, नरेन्द्र कँडेल, याम भण्डारी, मुकुन्दराज बास्तोला, रमेशकुमार न्यौपाने, बसन्त नेपाल, जोनी पहारी, सुशीला राई, हरिगोविन्द गुरुङ, महेन्द्र केसी, अर्जुन खतिवडा, विमला सुब्बा र उमेश मोक्तान सर्वसम्मत चयन भए।

यसअघि अधिवेसनको उद्‌घाटन गर्दे नेकपा एमाले नेता योगेश भट्टराईले आगामी मंसिर महिनामा नेकपा एमालेको सरकार बन्ने दावी गरेका थिए। 

उनले अहिलेको आधुनिक युगमा विदेशमा बस्ने नेपाली नागरिकको मतदाता परिचयपत्र छ भने उनीहरुलाई देशको भोटिङ सिस्टम ल्याउन सकिने बताए।  भट्टराई नेपालको निर्वाचन प्रणाली जटिल भए पनि प्रत्यक्षमा मतदान गर्न नपाए पनि समानुपातिकमा अनलाइन सिस्टमबाट मताधिकार दिन सकिने तर्क गरे।

उनले आउँदो डेसेम्बर वा जनवरीमा एमालेको सरकार बने पछि गैरआवासीय नेपालीहरुलाई मताधिकार प्रदान गर्ने उल्लेख गरे। 

उनले गैरआवासीय नेपालीहरुलाई नेपालमा लगानीको आग्रह गर्दै भने, 'तपाइँसँग कति पैसा छ, नेपालमा लगेर घोप्टाउनुस्। सुरक्षा कमजोर छ भनेर नेपालमा लगानी गर्नपछि नहट्नुस्।' 

महासचिव तुंग भुषालले सञ्चालन गरेको उद्‌घाटन सत्रमा वेलायतका लागि नेपाली राजदूत दुर्गा सुवेदी, गैरआवासीय नेपाली संघ युरोप संयोजक कुल आचार्य, एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङ, गेसो अध्यक्ष कृष्णकुमार राई, कर्ण शाही, विजन भट्ट, रोशन सापकोटा लगायतले अधिवेसनको सफलताको लागि शुभकामना दिएका थिए।

प्रकाशित: २१ असार २०७४ ११:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App