८ वैशाख २०८१ शनिबार
ब्लग

किन हार्‍यो कांग्रेस?

व्यवस्थापिका संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा पराजीत भएको छ। असार १४ गते सम्पन्न निर्वाचनको सम्पूर्ण परिणाम आइ नसके पनि पहिलो चरणमा जस्तै यसमा पनि कांग्रेस दोस्रो हुने निश्चित भएको छ।

पहिलो चरणको निर्वाचनमा काठमाडौं महानगरपालिकासहित महत्वपूर्ण स्थानमा पराजित हुँदै संसद्मा दोस्रो दल नेकपा एमालेलाई पछ्याएको कांग्रेसले दोस्रो चरणको निर्वाचनले राहत दिने आँकलन थियो। परिणाम ठिक उल्टो आएको छ। उसले जहाँ चुनाव जित्ने विश्लेषण गरेको थियो त्यहाँ उल्टो पराजय व्यहोरेको छ। सबैभन्दा धेरै आश गरेको प्रदेश नम्बर सातको परिणाम कांग्रेसको पक्षमा आएन। त्यसमा पनि कैलाली, कञ्चनपुर मात्र होइन सभापति शेरबहादुर देउवाकै गृह जिल्ला डडेल्धुरामै एमाले र नेकपा माओवादी केन्द्रले आफूलाई सम्मानजनक स्थान दिलाउन सफल भएका छन्।

यस्तो किन भयो? कांग्रेस नेता तथा कार्यकर्ताले एकै स्वरमा जवाफ दिन्छन् अन्र्तघात भयो वा लोकप्रियलाई टिकट दिइएन। जसले टिकट पाएर चुनाव जित्न सकेनन् उनीहरु आफ्ना सबै कमिकमजोरी छोप्न अन्र्तघात देखाएर पराजयबाट उम्कन्छन्। अनि जसले टिकट लिने हैसीयत बनाएनन् अर्कोलाई अलोकप्रियलाई उम्मेदावर बनाए म भएको भए जित्थे।

मधेस र मधेसी जनताको सच्चा पार्टी आफू भएको सन्देश प्रवाह गर्ने एमाले रणनीति देखिँदैछ। त्यसपछि कांग्रेस न पहाडको हुनेछ नमधेसको रहनेछ। रोमाञ्चक वास्तविकता यो हो तैपनि काँग्रेसले अझै चुनाव जितीरहेको छ। त्यसको कारण लामो संघर्ष र समृद्ध विगत

नेतृत्वलाई टिकट वितरणमा तजबिजी अधिकार दिएसम्म कांग्रेसभित्र निर्वाचन हारको मुख्य कारक यही भइरहनेछ। २०१५ सालमा भएको पहिलो आम निर्वाचनदेखि कांग्रेसमा अन्र्तघात र लोकप्रियलाई टिकट दिइएन भन्ने विषय उठ्दै आएको हो। २०५० सालमा तत्कालीन पार्टी सभापति कृष्णप्रसाद भट्टराई उप निर्वाचनमा पराजीत भएपछि अन्र्तघात भन्ने विषयले कांग्रेसमा संस्थागतरुप धारणा गरेको थियो। आफ्नै पार्टी सभापतिलाई चुनाव हराउन सक्रिय हुनेहरुले अरुलाई के बाँकी राख्छन् होला यो स्वभाविक प्रश्न हो। तर कांग्रेस पराजीत हुनु अन्र्तघात मात्र कारक होइन।

राजनीतिक संस्कार, लगानी र मूल्य मान्यताभन्दा नेतालाई प्रभाव पार्नसक्ने व्यक्ति हावी हुँदा पनि निर्वाचनमा त्यसको असर परेको छ। लोकतन्त्र र कांग्रेसका लागि सम्पूर्ण समय खर्चेकालाई भन्दा धनवान र बलवानहरुलाई मैदान उतार्दा जनताको सुखदुखमा वर्षौंदेखि सडकमा कुदेकाहरु पाखा पर्दा कांग्रेस आफै किनारा लाग्न पुगेको छ। मूल्यमान्यता, निरन्तरताभन्दा पेडवर्कहरुले चुनावमा स्थान पाउँदा इमान र इज्जतका साथ संगठनमा कुदेकाहरु निरास छन्। अहिलेको परिणामको एउटा कारण यो पनि हो।  
कांग्रेस पराजीत हुनुमा यही दुई मात्र कारण हुन् त?

अर्को कारण हो अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव। एमाले र माओवादीले संसद्मा दर्ता गराएको महाअभियोग प्रस्तावको पक्ष वा विपक्षमा कांग्रेसले उभ्याएन। उसले किन प्रस्तावको पक्ष वा विपक्षमा नउभिएको भन्ने जनतालाई बुझाएन र त्यसको आवश्यकता पनि ठानेनँ।

त्यसबाट भड्केका मतदातालाई प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा पेस महाअभियोग प्रस्ताव दर्ता गराएर थप आक्रोशित बनायो। प्रधान न्यायाधशी कार्कीविरुद्ध किन महाअभियोग प्रस्ताव दर्ता गर्नु प¥यो र किन प्रस्ताव र्फिता लिइयो खुलाइएन। अझै खुलाइएको छैन। अनौपचारीक कुराकानीमा कांग्रेस÷माओवादी नेताहरुले महाअभियोग दर्ता गराउनुको विभिन्न कोणबाट कारण र तर्क सुनाउने गरे पनि आम मतदातासम्म ती विषयहरु पुगेनन्। मनासिब कारणबिना प्रधान न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव लगेकोमा सहरीया मतदाता कांग्रेससँग रुष्ट बने।

प्रहरी प्रमुखको नियुक्तिलाई लिएर पार्टीभित्रको विवादले निर्वाचन परिणामलाई प्रभावित गरेको छ।  अर्को कारण हो पार्टी नेतृत्वको छवि। पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाप्रति जनतामा सकारात्मक छाप छैन। विगतमा प्रधानमन्त्री हुँदा देउवाले केही सकारात्मक मुलुकलाई दीघकालीन महत्वका काम सुरुवात गरेपनि प्राडो÷पजेरो संस्कृति भित्र्याएको, प्रजातन्त्र दरबारमा बुझाएको र पार्टी विभाजन गरेको इमेज बनेको छ देउवाको। नेतृत्वप्रति जनताको भरोसाभन्दा अविश्वास बढी छ। निर्वाचनको परिणामलाई आफ्नो पक्षमा पार्न जनतालाई भरोसा जगाउने र प्रभावित गर्न सक्ने नेताको खडेरी हो।

सत्ता र शक्तिमा पुगेपछि जनतासँग मात्र होइन पार्टी तथा नेता र कार्यकर्तासँगको सम्पर्कबाट पनि टाढा हुन पुगे त्यसलाई मतदाताले रुचाएनन्। निर्वाचनको परिणामले त्यही देखाउँछ । निवर्तमान मन्त्रीहरुको गृहजिल्ला कन्चनपुर वा कैलाली, दाङ वा गुल्मी, रुपन्देही होस् वा कपिलवस्तु, झापा होस् वा संखुवासभा सबैतिर कांग्रेसको पक्षमा जनमत कमजोर छ। त्यतिमात्र होइन कांग्रेसले दुई बहुचर्चित युवालाई काठमाडौंबाट मन्त्री बनायो तर पनि चुनावमा पार्टीको शाख जोगिएन। गफ होइन काम गरेर देखाउ भन्ने सन्देशसहित जनताले जय होइन पराजयको पगरी लगाइदिए।

अर्को महत्वपूर्ण कारण हो प्रदेश सीमांकनसहित संविधान संशोधन प्रस्ताव।  संशोधन नहँुदा कांग्रेसको पक्षमा असन्तुष्ट पक्षको पनि साथ र सहयोग रहेन भने विपक्षमा रहेकाले पनि साथ छाडे। संविधान संशोधनको विपक्षमा रहेको जनमतलाई आफ्नो पक्षमा पार्दै एमाले सम्पन्न स्थानीय तहको निर्वाचनमा पहिलो दल बन्न पुगेको छ। संविधान संशोधनको विपक्षमा रहेका जनताको मत लिएर पहिलो दल बन्न सफल भएको एमाले निर्वाचन हुन बाँकी रहेको प्रदेश नम्बर दुईमा पनि ठूलो दल बन्ने संकेत दिइरहेको छ। किन कि मधेसी जनताको मत आफ्नो पक्षमा तान्न एमाले अब संशोधनको पक्षमा उभिने रणनीतिमा छ।

मधेस र मधेसी जनताको सच्चा पार्टी आफू भएको सन्देश प्रवाह गर्ने एमाले रणनीति देखिँदैछ। त्यसपछि कांग्रेस न पहाडको हुनेछ नमधेसको रहनेछ। रोमाञ्चक वास्तविकता यो हो तैपनि काँग्रेसले अझै चुनाव जितीरहेको छ। त्यसको कारण लामो संघर्ष र समृद्ध विगत। अनि, लोकतन्त्र स्थापना र पुर्नस्थापनामा उसले निर्वाह गरेको भूमिका र अभिव्यक्ति स्वतन्त्रतामा अविचलित दृढता मात्र।

प्रकाशित: २२ असार २०७४ १३:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App