७ वैशाख २०८१ शुक्रबार
राजनीति

एमाले झापाका अध्यक्षलाई पराजित गर्दै बुद्धशान्तिमा कांग्रेस भुजेल विजयी

झापा- एमाले झापाका अध्यक्ष चिन्तन पाठकलाई पराजित गर्दै कङ्ग्रेसका रमेश भुजेल बुद्धशान्ति गाउँपालिकाको प्रमुख पदमा विजयी भएका छन्। एमालेको पुरानो किल्ला मानिने बुद्धशान्ति झापा ४ र १ नम्बर क्षेत्रमा पर्छ। संविधानसभा चुनावमा यी दुवै क्षेत्र एमालेले जितेको थियो।

अध्यक्ष पदका विजेता भुजेलले ७ हजार ९ सय ९६ मत प्राप्त गरेका छ्न्। उनका निकटतम प्रतिद्वन्द्वी पाठकले ७ हजार ३ सय ५३ मत प्राप्त गरे। उपाध्यक्ष पदमा एमाले उम्मेद्बार मिरा भुर्तेल विजयी भएकी छन्। उनले ७ हजार ४ सय ५७ मत प्राप्त गर्दा उनकी निकटतम प्रतिद्वन्द्वी कङ्ग्रेस उम्मेदवार चन्द्रकला भट्टराईले ६ हजार ८ सय ४ मत प्राप्त गरेकी छन्। सात वडा रहेको गाउँपालीकामा काङ्ग्रेस र एमालेले ३-३ वटा र माओवादी  केन्द्रले एउटा वडा अध्यक्ष जितेका छन्।

यो जीतपछि काङ्ग्रेसले झापामा जीत संख्या ४ पुर्याएको छ। गौरादह नगर र झापा तथा बारदसि गाउँपालिकामा उसले जीत हासिल गरिसकेको छ। एमालेले हालसम्म चार नगर भद्रपुर, विर्तामोड, कन्काइ र शिवसताक्षी तथा कमल गाउँपालिका गरि पाँच तहमा जीत हात पारेको छ। कचनकवल, हल्दिवारी र गौरिगन्ज गाउँपालिका राप्रपाले जितेको छ। अब दमक, अर्जुनधारा र मेचीनगरको नतिजा आउन बाँकी छ। दमक र अर्जुनधारामा एमाले र मेचीनगरमा काङ्ग्रेसको अग्रता छ।

प्रकाशित: २३ असार २०७४ ०२:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App