८ वैशाख २०८१ शनिबार
प्रविधि

स्मार्टफोनको स्क्रिन गोरिल्ला ग्लासले बचाउँछ

विश्वभर स्मार्टफोनका प्रयोगकर्ताले एउटै गुनासो हुन्छ— स्क्रिन कोरिएर वा भुइँमा झर्दा फुटेर फोन बिग्रियो। हुन पनि कोरिएको वा स्क्रिन फुटेको स्मार्टफोन बनाउन झन्झटिलो काम हो। नयाँ खरिद गर्नु महँगो पर्ने नै भयो।

स्मार्टफोन प्रयोगकर्ताले यो चिन्ता अब नलिए हुन्छ। ग्लास उत्पादक कम्पनी कोनिङका विज्ञहरुले स्मार्टफोनका लागि नयाँ गोरिल्ला ग्लासको उत्पादन गरेका छन्। यो गोरिल्ला ग्लासले तपाइँको स्मार्टफोन बचाउन मद्दत गर्नेछ।

तपाइँको स्मार्टफोन कम्मर भन्दा मुनीको उचाइबाट खसेमा स्मार्टफोनको स्क्रिन सुरक्षित रहनेछ।

कोनिङले स्मार्टफोनको स्क्रिनका लागि नयाँ गोरील्ला ग्लासको सूरुवात गरेको हो। यो ७० प्रतिशत स्मार्टफोनमा प्रयोग हुँदैछ। यस्तो स्क्रिन विश्वका ठूला स्मार्टफोन उत्पादकहरु आइफोन र सामसाङले पनि प्रयोग गर्दैछन्।

कम्पनीले अहिले बजारमा ल्याउन गोरील्ला ग्लास भर्सन ५ हो। यसले  १.६ मिटरको उचाइबाट खसेको स्मार्टफोनको स्क्रिन ८० प्रतिशतसम्म बचाउँछ। यसको अर्थ तपाइँको स्मार्टफोन कम्मर भन्दा मुनीको उचाइबाट खसेमा स्मार्टफोनको स्क्रिन सुरक्षित रहनेछ।

‘हामी केही समयदेखि ग्रहाकको गुनासोलाई कसरी समाधान गर्न सकिन्छ भनेर अध्ययन गरिरहेका थियौं र त्यसको समाधानका लागी गुरील्ला —५ ल्याएका छौं’, कोनिङका प्रमुख जोन बायनले भने, ‘हामीलाई विश्वास छ यसले तपाइँको स्मार्टफोनको सुरक्षा गर्नेछ।’

बालुवा र अन्य तत्वहरुको मिश्रणबाट बनाइएको फ्युजन पद्धत्तिमा आधारीत यो ग्लास हालसम्ममा ४.५ विलयिन स्मार्टफोनमा प्रयोग भइसकेको छ।

प्रकाशित: ७ श्रावण २०७३ १०:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App