coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

उदयपुरको त्रियुगा र बेलका नगरपालिकामा एमाले विजयी

उदयपुर- सदरमुकाम त्रियुगा नगरपालिकाको मेयर नेकपा (एमाले) र उपमेयर नेपाली कांग्रेसले जितेको छ। मेयरमा एमालेका बलदेव चौधरी र उपमेयरमा कांग्रेसकी देवीकुमारी चौधरी विजयी भएका हुन्। चौधरीले ११ हजार ३ सय ६२ मत पाएर मेयर जित्दा कांग्रेसका बसन्तकुमार बस्नेत ११ हजार २ सय ९५ ल्याउन सफल भए। कांग्रेसबाट उपमेयर उठेकी चौधरीलाई ११ हजार ३ सय २२ मत पर्दा ४३ मतले पराजित एमालेकी गीता रेग्मीलाई ११ हजार २ सय ७९ मत पर्न गयो।

उता कान्छो नगरपालिका बेलकामा भने मेयर उपमेयर दुवैमा एमाले विजयी भएको छ। एमालेका दुर्गाकुमार थापाले ५ हजार ८ सय १८ मत ल्याएर विजयी भएका छन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अशोक कार्कीले ५ हजार ५ सय ६६ मत पाएका छन्। त्यस्तै उपमेयरमा एमालेकी राजुकमारी चौधरीलाई ६ हजार १ सय ३४ मत परेको छ भने कांग्रेसकी दीपा राईले ५ हजार २ सय ७६ मत प्राप्त भएको छ।

त्रियुगाको मत परिणाम अघिल्लो राति १० बजे र बेलकाको राति १२ बजे घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताएका छन्।

 

प्रकाशित: २३ असार २०७४ ०४:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App