काठमाडौं– हृदयाघातको कारण निधन भएकी निर्देशक निलु डोमा शेर्पालाई सम्झेर अभिनेत्री प्रियंका कार्की भावुक बनेकी छिन्। निलुको निधनले सम्पूर्ण फिल्म उद्योग शोकमग्न भएको बेला प्रियंकाले फेसबुक स्ट्याटसमाफर्त निलु सधैं आफूभित्र रहेको उल्लेख गरेकी हुन्।
‘२०६८ सालको मंसिर १० मा निसु (अभिनेत्री निशा अधिकारी)को जन्मदिनमा सम्भवत हामी पहिलो पटक भेटेका थियौं। पहिलो पटक हामीबीच कुराकानी भएको थियो। रातभर नाचेर रमाइलो गरेका थियौं’, उनले भनेकी छिन्।
‘जीवनमा केही भाग्यमानी मानिसहरु भावनात्मक रुपमा जोडिन्छन्। एक अर्काको मुटु तुरुन्त जोडिएसँगै एकै खालको महशुस गर्न थाल्छन्। जुन तिमी र मैले महशुस गरेका थियौं’, उनले भनेकी छिन्। हाल अमेरिकामा रहेकी प्रियंका र निर्देशक निलुबीच निकट सम्बन्ध थियो।
निलुसँगका रोमाञ्चक पल सम्झँदै उनले भनेकी छिन्, ‘जन्मदिनको पार्टीपछि हामीले टिचिङ बाहिरको मःमःपसलमा मःमः र आलुदम खाएका थियौं र भोलिपल्ट एकैसाथ सूर्यदय हेरेका थियौं।’
‘जीवनमा केही भाग्यमानी मानिसहरु भावनात्मक रुपमा जोडिन्छन्। एक अर्काको मुटु तुरुन्त जोडिएसँगै एकै खालको महशुस गर्न थाल्छन्। जुन तिमी र मैले महशुस गरेका थियौं’, उनले भनेकी छिन्। हाल अमेरिकामा रहेकी प्रियंका र निर्देशक निलुबीच निकट सम्बन्ध थियो।
‘जहिलेबाट हामीले एक अर्कालाई भेट्यौं, तिमी विषेश थियौं भन्ने मैले महसुस गरेँँ’, प्रियंकाले भनेकी छिन, ‘हामी जुन तरिकाले हाँस्थ्यौं र बोल्थ्यौ, भित्री भावना एकअर्कासँग साट्यौं, अरुसँग भन्दा भिन्न महसुश हुन्थ्यो। तिमीमाथि जति विश्वास म अरु कसैमाथि गर्न सक्दिन’, उनले भनेकी छिन्।
आफूलाई विश्वास गरेकोमा प्रियंकाले निलुप्रति आभार प्रकट गरेकी छिन्। ‘धन्यवाद निलु, मलाई साथ, विश्वास र प्रोत्साहन गरिदिएकोमा। तिम्रो कारण आज म यहाँसम्म आइपुगेको छु। अहिले सबैजना तिमी छैनौं भन्छन् । तर तिमी मभित्रै छौं । मैले त्यो महशुस गरिरहेको छु। आइ लभ यु।’
हृदयघातका कारण शनिबार फिल्म निर्देशक निलु डोमा शेर्पाको मृत्यु भएको थियो। मंगलबार स्वंम्भुमा बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको थियो। निलुको शवलाई तेस्रो लिङ्गी अधिकारवादी संस्था निलहिरा समाजका सदस्यहरुले रेम्बो झन्डा ओडाइदिएका थिए। निलुको निधनप्रति सो संस्थाले दुःख प्रकट गरेको थियो।
प्रकाशित: २३ असार २०७४ ०७:०१ शुक्रबार