१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

धरानमा एमालेलाई पछ्याउँदै कांग्रेस

धरान- धरान उपमहानगरपालिकामा मतगणना सकिएको ९ वडा र हाल गणना जारी रहेको वडा ११, १३ र १४ को प्रारम्भिक नतिजासमेत जोड्दा एमालेको मेयर र उपमेयर पदमा अग्रता कायमै छ। एमालेका मेयर उम्मेदवार तारा सुब्बाले ८ हजार ७ सय ७२ र उपमेयरकी उम्मेदवार मञ्जु भण्डारी सुवेदीले ९ हजार ३ सय ४५ मत पाएकी छिन् भने कांग्रेसका मेयर पदका उम्मेदवार तिलक राईले ७ हजार ४ सय ९४ र उपमेयरकी उम्मेदवार श्यामा रेग्मीले ७ हजार २ सय ६६ मत पाएकी छिन्। यस्तै, माओवादी केन्द्र गठबन्धनका मेयर पदका उम्मेदवार अइन्द्रबिक्रम बेघाले ४ हजार २ सय ३६ र उपमेयर उम्मेदवार पारस राईले १ हजार ६ सय ६१ मात्र मत पाएका छन्।

 गएको सोमबार राती नै मतगणना सकिएपनि धरानको वडा नं ९ र १० को नतिजा अझैसम्म सार्वजनिक हुन सकेको छैन। मतगणना पछि अनुसुची १ बाट अनुसुची २ को फारममा उम्मेदवारको मत इन्ट्री गर्नेक्रममा कर्मचारीबाट त्रुटी भएको भन्दै विवाद भएपछि वडा ९ र १० को नतिजालाई निर्वाचन अधिकृतको कार्यालयले घोषणा गर्न नसकेको हो। सोमबार राती मतगणना सकिदाँसम्म वडा ९ मा एक सदस्यबाहेक वडा अध्यक्षसहित एमालेको जित भएको थियो भने वडा १० मा एमालेको प्यानल विजयी भएको थियो।

यही बिषयमा विवाद हुँदा सोमबार रातीदेखि मतगणना कार्य २ दिनसम्म रोकिएको थियो । बुधबार राती सर्वदलीय बैठकले दुवै वडाको पुर्नयोग गर्ने र त्रुटी भेटिए पुनः सर्वदलीय वैठक बसेर निर्णय गर्ने सहमति भएको थियो । सोही सहमतिअनुसार बिहिबार राती पुर्नयोग गर्दा साना दलहरुको मत इन्ट्री नभएको देखिएको भन्दै कांग्रेसले पुनः मतगणना गर्नुपर्ने माग गर्दै निवेदन दिएको छ । एमालेले भने साना दलको मत इन्ट्रीमा मात्र छुटेको तर नतिजामा फरक नपर्ने भएकोले घोषणा गर्नुपर्ने माग गर्दै आएको छ। निर्वाचन अधिकृत कमलबहादुर थापाले सर्वदलीय बैठक बसेपछि दुवै वडाको बिषयमा निर्णय गरिने बताए।

 

 

प्रकाशित: २३ असार २०७४ ०९:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App