७ वैशाख २०८१ शुक्रबार
समाज

शिक्षकद्वारा विद्यार्थी बलात्कृत

धादिङ—धादिङमा एकै दिन २ जना बालिका बलात्कारको घटना दर्ता भएका छन्। घटना छुट्टाछुट्टै स्थानमा भए पनि बलात्कृत हुनेमा दुबै जना १५ वर्ष मुनीका बालिका छन्। दुवै बालिका आफ्नै घरभित्र बलात्कृत भएका हुन्।

अपाङ्गता भएकी १४ वर्षिय बालिका र अर्की १३ वर्षिय बालिका बलात्कारको घटना विहिबार जिल्ला प्रहरी कार्यालय धादिङमा दर्ता भएको छ। १४ वर्षकी अपाङ्ग बालिकालाई ७० वर्षका पुरुषले र १३ वर्षकी स्कुले बालिकालाई ४० वर्षका शिक्षकले बलात्कार गरेको जाहेरीमा उल्लेख छ।

बोल्न नसक्ने अपाङ्गता भएकी बालिका घरमा अभिभावक नभएको बेला बलात्कृत भएकी हुन्। बालिकाको आमा घाँस काट्न गएको बेला बालिकाकै घरभित्र बलात्कार भएको स्थानीयले बताएका छन्। बालिकाको आमाले भनिन् ‘छोरीलाई घरमै छोडेर घाँस काट्न गएको थिएँ, घाँस लिएर फर्किदा छोरीलाई बलात्कार गरिरहेकै अवस्थामा देख्नु पर्‍यो।’

बोल्न नसक्ने अपाङ्गता भएकी बालिका बलात्कार गरेको आरोपमा समसेर भनिने ७० वर्षिय प्रेमनाथ उप्रेतीको नाममा किटान जाहेरी परेको छ। उप्रेती अहिले फरार रहेको र खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी सरद खत्रीले बताए। घटना भएलगत्तै प्रहरीमा खबर नआएकोले आरोपित पक्राउमा समस्या आएको एसपी खत्रीको भनाइ छ।

१३ वर्षिय बालिका शिक्षकद्वारा बलात्कृत भएकी छन्। बाबु मेला भएको र आमा घाँस काट्न गएको बेला बालिका आफ्नै घरभित्र बलात्कृत भएकी हुन्।

भुकम्पले घर भत्किएपछि परिवार अस्थाई टहरामा बस्दै आएका छन्। असार १७ गते नै घटना भएको भएपनि २२ गतेमात्रै प्रहरीमा जाहेरी दर्ता भएको छ। विहान ९ बजेतिर घरमा कोही नभएको बेला पीडकले बोल्न नसक्ने गरी मुख थुनेर जबरजस्ती करणी गरेको पीडित बालिकालाई उदृत गर्दै अधिकारकर्मी गायत्री खतिवडाले बताइन्। ‘मुख थुनेर घरभित्र लग्यो, त्यसपछि जबरजस्ती गर्‍यो, गाउँको मान्छे बाटोमा देखेपछि उठेर भाग्यो’ उनले भनिन्।

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार यस वर्ष धादिङमा २५ वटा बलात्कार ९जबरजस्ती करणी०का घटना भएका छन् भने ७ वटा जबरजस्ती करणीको उद्योगमा घटना दर्ता भएका छन् ।

मानव अधिकार रक्षकहरुको जिल्ला संजालकी अध्यक्ष गायत्री खतिवडाका अनुसार बलात्कारका घटनामा पीडित हुनेहरुमा आर्थिक अवस्था कमजोर भएका परिवारका छन्।

प्रकाशित: २३ असार २०७४ १३:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App