७ वैशाख २०८१ शुक्रबार
समाज

महाकालीको बाढीले भत्कायो तटबन्ध

दार्चुला- तीन दिनदेखिको अविरल वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेको छ। नदीमा आएको बाढीले किनारमा निर्माणधीन पक्की तटबन्धमा समेत धक्का पुगेको छ। 

नदीकिनारमा निर्माणाधीन  पक्की तटबन्धको जग भासिँदा बंगाबगड क्षेत्रका स्थानीयमा बाढीको  त्रास बढेको  छ। महाकाली नदी नियन्त्रण आयोजनाअर्न्तगत प्याकेज नम्बर १० मा बनेको  पक्की तटबन्धको फाउन्डेसन वाल बाढीले कटान गरेको छ।

गत कात्तिकमा भारततर्फ गएको सुख्खा पहिरोका कारण नदीको बहाव नेपालतर्फ मोडिँदा तटबन्धमा क्षति पुगेको प्राविधिक बताउँछन् । महाकाली नगरपालिका–४ बंगाबगड क्षेत्रमा पक्की तटबन्ध कतै भत्किएको छ भने कतै चिरा परेको छ। नदीले कटान सुरु गरेपछि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, निर्माण व्यवसायी र स्थानीय मिलेर कटान क्षेत्रमा जाली राखेर भर्न थालिएको छ । थप कटान रोक्न डोजर प्रयोग गरी ढुंगा राखिएको आयोजनाले जनाएको छ ।

प्रकाशित: २४ असार २०७४ ०३:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App