coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

धनगढी उपमहानगरमा कांग्रेसका नृप वड विजयी

धनगढी- प्रदेश नम्बर ७ को एकमात्र धनगढी उपमहानगरपालिकाको मयेरमा नेपाली काग्रेसका नृप वड विजयी भएका छन् भने उपमेयरमा नेपाली कांग्रेसका सुशीला मिश्र भट्ट विजयी भएका छन्।

नृप वड १४ हजार ३ सय २४ मत ल्याई मेयरमा विजय भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार गोपाल हमालले ११ हजार ५ सय २७ मत प्राप्त गरेका छन्। दोस्रो संविधान सभा निर्वाचनमा धरौटी जफत भएको माओवादी केन्द्र भने एमालेलाई पछि पार्दै तेस्रो भएको छ।

माओवादी केन्द्रका राम समझ रानाले १० हजार २ सय मत प्राप्त गरेका छन्। एमालेका दुर्गा जोशीले १० हजार २ सय मत पाएका छन्। यसैगरी उपमेयरमा कांग्रेसकी सुशीला मिश्र भट्टले १७ हजार ४ सय ८ मत प्राप्त गरेकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी रुक्मणि देवकोटाले १२ हजार ७ सय ७३ मत प्राप्त गरेकी छन्।

माओवादी केन्द्रकी शान्ती अधिकारीले १० हजार २ सय ५२ मत प्राप्त गरेकी छन्। धनगढी उपमहानगरपालिकामा नेपाली कांग्रेस १२, माओवादी केन्द्र ५ र एमालेले २ वडामा जितेको छ।

प्रकाशित: २४ असार २०७४ ०३:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App