coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

विराटनगर महानगरमा  कांग्रेसको फराकिलो मतान्तर

विराटनगर – विराटनगर महानगरपालिकाको मतगणना करिव अन्तिमतिर पुगेको छ । असार १५ गतेदेखि भइरहेको मतगणना शनिवार अबेर रातीसम्ममा सकिदैछ। 

पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेसका मेयर र उपमेयरका उम्मेदवारले आफ्ना प्रतिद्वन्दी भन्दा फराकिलो मतअन्तरले अगाडि छ । कांग्रेसका मेयरका उम्मेदवार भीम पराजुलीले १९ हजार १ सय ५१, उपमेयर इन्दिरा कार्कीले १६ हजार ६ सय ७० मत पाएकी छन् । नेकपा एमालेका मेयरका उम्मेदवार बिनोद ढकालले १३ हजार ८ सय ३५, नेपाल लोकतान्त्रिक फोरमकी उपमेयरकी उम्मेदवार सुचि चौधरीले ८ हजार ५ सय ७० मत ल्याएका छन् । विराटनगर महानगरमा एमाले र लोकतान्त्रिक फोरमविच चुनावी तालमेल छ। 

संघीय समाजवादी फोरमका मेयरका उम्मेदवार उमेश यादवले १२ हजार ६ सय ७७ र उपमेयरकी उम्मेदवार माओवादी(केन्द्र)का नमिता न्यौपानेले ९ हजार ७ सय ६ मत ल्याएकी छन् । महानगरमा फोरम र माओवादीबीच चुनावी तालमेल छ। 

१ लाख १२ हजार मतदाता रहेको विराटनगरमा असार १४ गतेको चुनावमा ८० हजार भन्दा बढी मत खसेको थियो । विराटनगर महानगरपालिकामा रहेको १९ वटा वडा मध्ये १०, ११ र १२ वडाको मतगणना गर्न मात्र बांकी छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले बाँकी वडाको मतगणना पनि धमाधम भइरहेकोले शनिवार अवेर रातीसम्म सबै मतगणना सकिने जनाएको छ ।

प्रकाशित: २४ असार २०७४ ०५:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App