७ वैशाख २०८१ शुक्रबार
राजनीति

विराटनगर मेयर–उपमेयरमा कांग्रेस

विराटनगर– विराटनगर महानगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।  मतगणना शनिबार राति १० बजेतिर सकिएको हो । मत परिणाम सार्वजनिक गर्न बाँकी छ। 

मुख्य निर्वाचन अधिकृत बिनोद पोखरेलले१९ वटा वडा रहेको महानगरपालिकामा १० नम्बर वडाको मत अन्तिममा गणना गरिएको जानकारी दिए ।  मेयरमा कांग्रेस उम्मेदवार भीम पराजुली ५ हजारभन्दा बढी मतले विजयी भएका छन् । उपमेयरमा पनि कांग्रेसकै इन्दिरा कार्की विजयी भएकी छिन् । पोखरेलका अनुसार दलहरूले पाएको मत जोड्न बाँकी छ । ‘मेयर र उपमेयरमा कांग्रेसका उम्मेदवारले बढी मत ल्याएका छन्,’ उनले भने। 

पराजुली कांग्रेसका नगर सभापति पनि हुन् । उपमेयर कार्की महिला संघमा आबद्ध छन् । एमालेका मेयरका उम्मेदवार विनोद ढकालले दोस्रो बढी मत ल्याएका छन् । संघीय समाजवादी फोरमका मेयर उम्मेदवार उमेश यादवले तेस्रो मत ल्याएका छन् । 

विराटनगरमा एमाले र नेपाल लोकतान्त्रिक फोरम, संघीय समाजवादी फोरम र माओवादी (केन्द्र) बीच चुनावी तालमेल भएको थियो । कांग्रेस भने तालमेल नगरी चुनाव लडेको थियो। 

कांग्रेसले वडा १, ३, ४, ७, ८, ९ र १६ मा वडाध्यक्ष जितेको छ । त्यस्तै संघीय समाजवादी फोरम नेपालले १२, १३, १४, १५, १७ र १८ मा  वडाध्यक्ष आफ्ना पोल्टामा पारेको छ । एमाले समर्थले २, ५ र ११ वडामा जितेका छन्। 

वडा १० का अध्यक्षमा एमालेका विद्राही उम्मेदवार माधव वाग्ले र वडा १९ को अध्यक्षमा कांग्रेसका विद्रोही उम्मेदवार बद्री सरदारले पनि विजय हासिल गरेका छन् ।

प्रकाशित: २५ असार २०७४ ०१:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App