coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

दार्जिलिङमा प्रहरीको गोली लागेर थप १ को मृत्यु

इलाम- भारत पश्चिम बंगालमा जारी गोर्खाल्यान्ड आन्दोलनक्रममा प्रहरीको गोली लागेर घाइते भएका थप एकजनाको मृत्यु भएको छ। दार्जिलिङमा शनिबार प्रदर्शन गर्नेक्रममा गोली लागेका आशा कुमारको मृत्यु भएको आन्दोलनरत गोर्खा जनमुक्ति मोर्चाले जनाएको छ।

                घाइते कुमारको स्थानीय अस्पतालमा उपचार भइरहेको थियो । मोर्चा अध्यक्ष विमल गुरुङले विज्ञप्ति जारी गरी घटनाको भत्र्सना र मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । ‘बंगाल सरकारले गरिरहेको बर्बरतापूर्ण घटनाको सिबिआई जाँच हुनुपर्छ,’ गुरुङले विज्ञप्तिमा लेखेका छन्, ‘आफ्नो माग लिएर गणतान्त्रिक ढंगले सडकमा उत्रिएका बेला प्रहरीले हामीमाथि दमन गरेको छ।’

                भारतीय सुरक्षाकर्मीले गोली चलाउँदा शनिबार दार्जिलिङ र सोनादामा ३ जनाको मृत्यु भएको थियो । सयौं घाइते छन् । शुक्रबार राति सोनादामा सुरक्षाकर्मीले चलाएको गोली लागी गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो)का कार्यकर्ता टासी भोटियाको मृत्यु भएको थियो । त्यसको विरोधमा दार्जिलिङमा शनिबार प्रदर्शन भएको थियो । प्रदर्शनमा सुरक्षाकर्मीले गोली चलाउँदा तुङसुङका सुरज सुन्दास र रोपवेका समीर गुरुङको मृत्यु भएको थियो । गत गोर्खाल्यान्डकै माग राखेर प्रदर्शनमा उत्रिएका ३ जनाको १७ जुनमा प्रहरीको गोली लागी मृत्यु भएको थियो। 

 

प्रकाशित: २५ असार २०७४ ०६:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App