८ वैशाख २०८१ शनिबार
प्रवास

कतारमा सुतेकै ठाउँमा मृत फेला परे सुनुवार

खोटाङ– कतारमा एक नेपालीको मृत्यु भएको छ। रोजगारीका सिलसिलामा कतारमा पुगेका खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलका सर्वधन सुनुवारको मृत्यु भएको हो। सामान्य जरोको बिरामी बनेका सुनुवारको सुतेकै ठाउँमा मृत्यु भएको जानकारी आएको बाकाचोलका वडाध्यक्ष सन्तबीर तामाङले बताए। शनिबार बिहान ज्वरोको औषधि सेवन गरेर काममा गएपछि दिउँसो फर्किएर कोठामा सुतेका सुनुवार पुन साँझमा काममा जानेक्रममा ओछ्यानमा मृत भेटिएको सँगै रहेका साथीहरुको भनाई छ। काममा हिँड्नेबेलासम्म पनि नआएपछि बोलाउन जाँदा उनी मृत फेला परेका थिए। उनको शव हमाद अस्पतालमा राखिएको छ।

१२ वर्षदेखि कतारमा काम गर्दै आएका सुनुवार बेला–बेलामा घर आउने जाने गरेका थिए। उनी पछिल्लोपल्ट असार तेश्रो साता घर आएर कतार फर्किएको वडाध्यक्ष तामाङले जनाए । कतारको श्रम कानून परिवर्तनपछि उनीले ५ महिनाअघि कम्पनी परिवर्तन गरेर नयाँ कम्पनीमा काम गर्न थालेका थिए। सुनुवार सेवा समान कतार शाखाको प्रथम उपाध्यक्ष रहेका उनको शव घरैमा ल्याउने तयारी भइरहेको छ।

प्रकाशित: २६ असार २०७४ ०९:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App