७ वैशाख २०८१ शुक्रबार
अन्य

जब छिनिएिका हात बाल्टीनको पानीमा डुबाएर ल्याइयो...

डा.जयनमान श्रेष्ठ
प्लास्टिक तथा कस्मेटिक सर्जन
जनरल सर्जरीको पढाई सन् २००३ मा सकिएपछि प्लाष्टिक, कस्मेटिक तथा ह्याण्ड सर्जरीको तालिम सिंगापुरमा लिँए । त्यसको केहि समयपछि प्लाष्टिक सर्जरीमा विशेषज्ञ तालिम पाकिस्तानबाट प्राप्त गरे । यो क्षेत्रमा काम गर्न थालेको लगभग १५ वर्ष भयो । यो अवधिभर दुर्घटनाले निम्तिएका ठूलाठूला घाउ, चोटपटक, आगोले पोलेकादेखि करेन्टले अंगभंग भएका धेरै बिरामीको उपचार गरिसकेँ । अहिलेसम्मको आफ्नो कार्यकालमा धेरै अविस्मरणीय अनुभूतिहरू जोडिएका छन् । धेरै बिरामीको उजाडिएको जिन्दगीमा रङ भर्न केहीहदसम्म सफल भइएको छ ।
छिनेका ती हातहरू
सन् २००९ मा सिंगापुरबाट फेलोसिप टे«निङ सकेर आएको थिए । त्यो मेरो पहिलो अप्रेसन थियो । जुन टिचिङ अस्पतालमा गरेको थिए । बिरामी १९ वर्षे ठिटो हुनुहुन्थ्यो । उहाँ पेपर काट्ने मेसिनमा काम गर्नुहुँदो रहेछ । एकदिन काम गर्ने क्रममा उहाँको दुबैहात मेसिनभित्र परेछ । एक्कासी मेसिन चलेछ । मेसिनले उहाँका दुबैहात छिनाएको थियो । दुबैहात टुक्रा भएका थिए । त्यो उपत्यकामै भएको घटना हो । लगभग दुई घण्टाको अन्तरालमा बिरामीलाई अस्पताल ल्याइएको थियो ।
त्यो दृष्य आज पनि झल्झली सम्झना आउँछ । छुट्टिएका दुबै हात बाल्टीनको पानीमा डुबाएर ल्याइएको थियो । हात भने रगत नबगोस् भनेर कपडाले बाँधिएको थियो । हामीले टिचिङ अस्पतालको इमरजेन्सी वार्डमा अप्रेसनको तयारी ग¥यौँ । एउटा हात जोड्न लगभग आठ÷नौँ घण्टा लाग्थ्यो । एउटा हात जोड्दा अर्को हात जोड्न ढिला हुनुहुँदैनथ्यो । त्यसैले दुईओटै हातको छुट्टाछुट्टै सर्जन मिलेर अप्रेसन ग¥यौँ । देब्रे हात प्रोफेसर डा. ईश्वर लोहनीको टिमले ग¥यो । दाइने हात मलगायत चार जनाको टिमले ग¥यौँ । त्यो मैले आफ्नो नेतृत्वमा मैले गरेको प्रथम अप्रेसन थियो । पहिलो पटक भएकाले एकप्रकारको चुनौती त छदै थियो । तर, बिभिन्न खालका तालिम र अप्रेसनहरूमा बारम्बार सहभागी भइसकेकाले एक प्रकारको आत्मविश्वास पनि थियो । आत्मविश्वासका साथ सुरु गरेको अप्रेसन अन्ततः सफल भयो । केही समयको प्रयासपछि दुबै हात जोडिए । बिरामी र उसको परिवार एकदमै खुशी भयो । पछिसम्म पनि केही सानातिना अप्रेसन गर्नुप¥यो । अहिले उसका दुबै हात एकदमै राम्रा छन् । मोटरसाइकल चलाउनेदेखि आफ्ना सबै दैनिक काम गर्नसक्छ । त्यसपछि अहिलेसम्म मैले पाँचओटा हात जोड्ने अप्रेसन सफलतापूर्वक गरिसकँे । उनीहरू कोही दुर्घटनामा परेका त कोही मेसिनले हात काटेका बिरामीहरू थिए ।
ती सानी बालिका
कुरा चार वर्ष अगाडिको हो । सुरुमा बिरामीलाई  हेर्दा ज्यानै बचाउन मुस्किल देखिन्थ्यो । उनी आठ वर्षे सानी बालिका थिइन् । एकजना छिमेकीको स्कुटर पछाडी बसेर घुम्न निस्केकी रहिछिन् । त्यही बेला उनलाई ट्रकले हानेछ । उनको दुबै खुट्टामा गहिरो चोट लागेको थियो । एउटामा भने तिघ्रादेखि खुट्टासम्मको छाला  पूरै उक्किएको थियो ।
अस्पतालमा ल्याइपुर्याउँदा इन्फेक्सन एकदमै फैलिसकेको थियो । सुरुमा उसलाई अर्को अस्पताल लगिएको रहेछ । बिस्तारै घाउ ठूलो हुँदै गएर इन्फेक्सन फैलिएको थियो । त्यो अस्पतालमा उपचार सम्भव नभएपछि हाम्रोमा ल्याइएको थियो ।
उसलाई तुरुन्त आइसीयूमा राखेर उपचार सुरु गर्यौँ । उप्किएको छाला छोप्न अर्को ठाउँको छाला निकालेर टाँस्यौँ । छाला प्रत्यारोपण गर्नु कुनै ठूलो उपचार हैन । तर, यदि कसैको धेरै छाला गुमेको छ भने उपचार पनि एकदमै चुनौतीपूर्ण हुन्छ । उसको उमेर पनि एकदमै कम थियो । छाला राख्दा धेरै कुरामा ध्यान पु¥याउनुपर्छ । छालालाई बच्ने हिसावबाट कति आवश्यक पर्छ नापेर निकाल्नुपर्छ ।
उसको ज्यानको समेत अवस्था एकदमै नाजुक थियो । उपचारको लागि लगभग दुई महिना लाग्यो । ग्राण्डी अस्पतालमा उपचार गराएका थियौँ । आर्थिक पाटोमा दुर्घटना गराउने मान्छेले बेहोरेको थियो । केही समय अगाडि मात्रै पनि हामीले उसको अर्को अप्रेसन ग¥यौँ । केही न केही समस्या अझै पनि छन् । तर, बिस्तारै बिस्तारै निको हुँदै गएको छ । हिडडुल गर्छिन् । आफ्नो दैनिक काम गर्न, स्कुल जान कुनै समस्या छैन ।  ठूलो चोट लागेर छाला निकालेको हुनाले शरीर र खुट्टामा केही दाग भने छन् । स–साना कुरामा ध्यान नपु¥याउँदा विभिन्न दुर्घटना निम्तिन्छन् । ध्यान नपु¥याउँदा निम्तिएको ती सानी नानीको केस म सधै सम्झिरहन्छु ।

करेन्टले थलिएका ती व्यक्ति
यो तीन वर्ष अगाडिको कुरा हो । सुरुमा ती बिरामी अस्पताल आउँदा एकदमै कमजोर थिए । उनी बोल्न सक्ने अवस्थामै थिएनन् । एकदमै डरलाग्दो स्थिती थियो । उनी ३६ वर्षका पुरुष थिए । घर नजिकै खसेको साइनबोर्डलाई डण्डीले मिलाउन खोज्दा करेन्ट लागेको रहेछ । उसको हातखुट्टामा चोट लागेको थियो । सबैभन्दा ठूलो चोट घुँडामा थियो । घँुडाको हड्डी तथाजोर्नी नै देखिने गरी मांसपेशी जलेको थियो । सबैभन्दा पहिला चोट लागेर मरेको छाला तथा मांसपेसीलाई निकाल्यौ । एउटै अपरेसनमा सबै मासु निकाल्न सम्भव थिएन । चोट एकदमै गहिरो थियो । हामीले पटकपटक अप्रेसन गरेर सफा गर्यौं । नराम्रो मासु सबै हटाएपछि बल्ल अप्रेसन गरियो । त्यसमा प्लास्टिक सर्जरीका विभिन्न उपाय अपनायौँ । चार पाँच पटकको अप्रेसनपछि उहाँको घाउ छोप्न सकियो । एकदमै चुनौतीपूर्ण उपचार थियो । उपचारका लागि दुई महिना लागेको थियो । बिस्तारै घाउ निको हुँदै गयो । राम्रोसँग हिँडडुल गर्न सक्ने हुनुभयो । परिवार मध्यम वर्गिय थियो । करेन्ट लागेपछि नेपाल विद्युत् प्राधिकरणले बेहोर्ने रहेछ । उपचारको लागि आर्थिक रूपमा उहाँहरूलाई खासै अफ्ठ्यारो परेन ।
०००
मैले आफूले पढेका/सिकेका कुरा बिरामीको जीवनमा सकेसम्म लागू गरेको छु । उनीहरूको जीवन बचाएर मैले पाएको भनेको आत्मसन्तुष्टि हो । बिरामीहरू निको भएपछि खुशीले आनन्द लाग्छ ।
प्रायः बिरामीहरू आफ्नै लापरवाहिको सिकार भएका हुन्छन् । ढोकाले हात च्यापेका केस उत्तिकै आउँछन् । धारिलो हतियारको सिकारमा धेरै बालबालिकाहरू परिरहेका हुन्छन् । विभिन्न उद्योगमा प्रयोग हुने मेसिन तथा उपकरणको सहि जानकारी नभएर उत्तिकै समस्या निम्तिन्छन् । यसका लागि हामी आफैँ सचेत हुनुपर्छ ।
प्रस्तुतिः सृजना खड्का

प्रकाशित: २७ असार २०७४ ०८:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App