coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

दार्जिलिङमा फेरि एकको मृत्यु

इलाम- भारतको पश्चिम बंगालमा जारी गोर्खाल्यान्ड आन्दोलनक्रममा प्रहरीको गोली लागेर घाइते भएका ३६ वर्षे अशोक तामाङको उपचारक्रममा मंगलबार मृत्यु भएको छ। योसँगै करिब महिनादिनयता चर्केको आन्दोलनमा ज्यान गुमाउनेको संख्या ८ पुगेको छ।

                दार्जिलिङमा शनिबार (८ जुलाई) भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा तामाङ गम्भीर घाइते भएका थिए। पेटमा गोली लागेका उनको दार्जिलिङ जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि सिक्किमको अस्पताल लगिएको थियो। तर, तामाङको मंगलबार उपचारक्रममा मृत्यु भएको गोर्खा जनमुक्ति मोर्चाकी प्रवक्ता विनीता रोकाले जानकारी दिएकी छिन्।

                दार्जिलिङमा शनिबार भएको प्रहरी र ‘गोर्खाल्यान्ड’ समर्थकबीचको झडपमा प्रहरीले गोली चलाउँदा तुङसुङका सुरज सुन्दास र रोपवेका समीर गुरुङको घटनास्थलमै मृत्यु भएको थियो । त्यही घटनामा सुरक्षाकर्मीको गोलीबाट गम्भीर घाइते भएका आशा कुमारको उपचारक्रममा शनिबार राति मृत्यु भएको थियो।

                शुक्रबार राति सोनादामा सुरक्षाकर्मीले चलाएको गोली लागी गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो)का कार्यकर्ता टासी भोटियाको मृत्यु भएपछि दार्जिलिङमा शनिबार त्यसविरुद्ध प्रदर्शन भएको थियो। गोर्खाल्यान्डकै माग राखेर प्रदर्शनमा उत्रिएका ३ जनाको गत १७ जुनमा प्रहरीको गोली लागी मृत्यु भएको थियो। 

               

प्रकाशित: २७ असार २०७४ ०९:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App