coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

मेसीप्रति इनरिकेको विश्वास

बार्सिलोना- बार्सिलोनाका प्रशिक्षक लुइस इनरिकेले लियोलन मेसीको गृष्मकालीन विदा केही कठिन मोडबाट गुजि्रए पनि नयाँ सिजनमा उनी पहिलेको जस्तै उत्साहित रूपमा फर्कने बताएका छन्। उनले अन्तर्राष्ट्रिय फुटबलमा फर्कने विषयलाई उनले अस्विकार गरेनन्।

मेसी र उनको बुबा जर्सलाई स्पेनको अदालतले कर छलि गरेको आरोपमा जेल सजायको निर्णय सुनाएको थियो। त्यस्तै कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिना चिलीसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासघोषणा गरेका थिए।

२१ महिना जेल सजायको विषयमा बार्सिलोनाका प्रशिक्षक लुइस इनरिकेले भने, ‘मलाई लाग्दैन कि यसले मेसीलाई असर गर्छ तर उनीमात्र यस्ता व्यक्ति हुन् जसले यसको जवाफ फर्काउन सक्छन्।’

कोपा अमेरिकाको फाइनलमा सुटआउटमा गोल गर्न नसकेपछि मेसीले अन्तर्राष्ट्रिय खेलबाट संन्यास लिएका थिए। उनले २००७, २०१५ र २०१६ को कोपा अमेरिका फाइनलमा पराजित भएका थिए भने २०१४ विश्वकपको पनि फाइनलमा जर्मनीसँग हारेका थिए। अन्तर्राष्ट्रिय खेलमा उनको सबैभन्दा ठूलो उपलब्धि भनेको २००८ बेइजिङ ओलम्पिकमा स्वर्ण जित्नु हो।

तर, लुइस इनरिकेले मेसीका संन्यास स्थायी नभएको विश्वाव व्यक्त गरे। ‘उनले यो कठिन समय भएको बताएका छन्,’ इनरिकेले भने, ‘उनले अर्जेन्टिनाबाट खेल्ने वा नखेल्ने समयले मात्र बताउँछ। एक समर्थकका रूपमा उनले अर्जेन्टिनासँग निरन्तरता दिऊन भन्ने हो। सबै सम्भावनाहरूमा म खुला छु।’

उनले थपे, ‘मेसी सधँै उत्साहसाथ खेल्न आउँछन् किनकि उनी फुटबललाई धेरै मन पराउँछन्। उनी कोपा अमेरिका उपाधिका हकदार थिए तर कहिलेकाहिँ टोलीले उत्कृष्ट प्रदर्शन गरे पनि जित निकाल्न सक्दैन।’

बार्सिलोनाप्रशिक्षकले ब्राजिलका राइट ब्याक डानी अल्भेसलाई यस सिजन गुमाउनेछन्। अल्भेस खुला रूपमा युभेन्ट्ससँग अनुबन्ध भएका छन्। युभेन्ट्सको आँखामा परेको अर्का रक्षक हाभियर मास्चेरानो भने

क्लबमै रहने आशा व्यक्त गरे। मास्चेरानोसँगको सम्झौता २०१८ मा सकिन्छ।

‘मलाई विश्वास छ कि मास्चेरानोको सम्झौता चाँडै नवीकरण हुनेछ,’ इनरिकेले भने, ‘उनको हकमा म विश्वस्त छु। उनी हाम्रो टोलीका मुख्य खेलाडी हुन्। मैदान भित्र र बाहिर दुवै स्थानमा उनी महत्वपूर्ण छन्।’

तथापि एट्लेटिको मड्रिडबाट गत वर्ष नै बार्सिलोनामा अनुबन्ध भए पनि जनवरी २०१६ मा डेब्यु गरेका आद्रा तुरानको उपस्थितिले क्लब अझ बलियो हुने बताए।

गत वर्ष तुरानले पहिलो रोजाइमा पर्न संघर्ष गर्नुपरेको थियो।उनले लिगका ९ खेलमा २ गोल मात्र गर्न सकेका थिए।

‘पहिलो वर्ष सधँै कठिन हुन्छ,’ इनरिकेले भने, ‘आद्रामा मेरो पूर्ण विश्वास छ। गत वर्ष उनले लय गुमाएका थिए तर यो सिजन लय समातिइसकेका छन्। म ढुक्क छु।’

प्रकाशित: ८ श्रावण २०७३ ०५:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App