८ वैशाख २०८१ शनिबार
राजनीति

गोर्खाल्यान्ड आन्दोलनकै बीच दार्जिलिङमा मनाइयो भानुजयन्ती

भानुजयन्ती अवसरमा कालेबुङमा बिहीबार निकालिएको एकता र्‍याली। तस्बिर: खबरम्यागजिन

इलाम—देशका राष्ट्रपति, राज्य सरकारका राज्यपाल, राज्यमन्त्रीसहित ‘भानुभक्ते’ टोपीले ठाँटिएका हजारौंको सहभागिता। दर्जनौ जातजातिका झाँकी, नाचगान र बाजागाजा । भानुभक्तका श्लोक र कविता घन्किएको त्यो दार्जिलिङ।

गतवर्षको आजकै दिन (भानुजयन्ती) मनाउँदा दार्जिलिङमा कम तामझाम थिएन । दिउँसो ३ बजे राष्ट्रपति प्रणव मुखर्जी सरिक हुने कार्यक्रममा बिहान १० बजेदेखि नै मानिसको ओइरो व्यवस्थापन गर्न धौधो परेको थियो । तर, यो पटकको भानुजयन्ती न त्यो रूपमा आयोजना हुनसक्यो, न त्यो तामझाममा रमाउनै पाए त्यहाँका नेपालीभाषी ।

गोर्खाहरूले दार्जिलिङ, कालेबुङ, खर्साङलगायत स्थानमा भानुजयन्ती अवसर पारेर विविध कार्यक्रम आयोजना गरेको आन्दोलनरत दल गोर्खा जनमुक्ति मोर्चाका सहसचिव विनय तामाङले बताए। गोर्खाल्यान्ड आन्दोलनको गतिविधि पुनः शिखरमा पुगेकाले यही अवसर पारेर केही साहित्यकारले चाहिँ यसअघि सरकारबाट पाएका पदक र सम्मानसमेत फिर्ता गरिदिएका छन्।

सडकभरी बालिएको टायर, आगो लगाइएका सरकारी संरचना हेर्दै बजारमा सेना, पुलिस र आन्दोलनकारीको कुनबेला झडप भएर कतिजना मारिने हुने भन्ने त्रासमा रहनुप¥यो दार्जिलिङबासीले । डेढ महिनायता गोर्खाल्यान्ड आन्दोलन चर्केको छ । हेर्दाहेर्दै सुरक्षाकर्मीको गोलीले यो अवधिमा ८ जनाको ज्यान लिइसकेको छ । बजार, पसल, सवारी, कलकारखाना, उद्योग, विद्यालय ठप्प भएको बिहीबार २९औं दिन पनि बितिसकेको छ । 

आन्दोलनमा बाधा पु¥याउन सरकारले स्थानीय सञ्चारमाध्यम र इन्टरनेट सेवामा समेत रोक लगाइसकेको छ । त्यतिमात्र होइन, पहाडमा लगिने खाद्यान्नमा सरकारले नै ‘अघोषित नाकाबन्दी’ लगाएपछि दार्जिलिङबासी झनै आक्रान्त बनिरहेका छन् । प्रत्येक दिन गोलाबारुदबीच झन्डा बोकेर आन्दोलनमा उत्रिएका देखिन्छन् उनीहरू ।

आन्दोलनले तहसनहस यहाँका नेपालीभाषीले बिहीबार भानुजयन्तीकै अवसरमा ¥याली निकाले–‘जातीय एकता दिवस’को । ‘पोहोरझैं यसपालि पनि नठूलो चाडका रूपमा भानुजयन्ती मनाउने आशा थियो,’ छन्दमा उत्कृष्ट कवितासमेत लेखिरहेकी सरला क्षेत्रीले सुनाइन्, ‘योपटकको भानुजयन्ती त गोलाबारुद र स्ट्र्याकमै बित्यो । भानुजयन्तीलाई पनि राजनीतिक आन्दोलनसँगै गाँसेर मनाउनुपर्ने भयो ।’ उनले यही अवस्था रहे केही दिनदेखि दार्जिलिङमा खाद्यान्न अभावले अर्काे चरम रूप लिनसक्ने बताइन् ।    

बिहीबारको २ सय ३औं भानुजयन्ती दार्जिलिङमा सीमित रहेन। भारतभरका गोर्खाहरूले ‘जातीय एकता दिवस’का रूपमा मनाए । सधैं भानुभक्तको सालिकमा पूजाआजा गर्ने, भानुका श्लोक वाचनलगायत मात्र गर्ने नेपालीभाषीले योपटक गोर्खाल्यान्ड राज्यका लागि भइरहेको आन्दोलनलाई समर्थनसमे गर्दै ¥याली र जुलुससमेत आयोजना गरे। दार्जिलिङ, कालेबुङ, खर्साङ, सोनादा, घुम, मिरिक, सुकियालगायतमा पर्ने स्कुलहरूमा भानुको प्रतिमा, तस्बिरलगायतमा पूजा गरेर यो जयन्ती मनाइयो। तर, महिनादिनदेखिको आमहड्तालले त्यसमा रौनक छाउन सकेन। ‘भानुको सम्झनाभन्दा पनि कतिबेला झडप होला र मरिएला कि बाँचिएला भन्नेतिर चाहिँ बढी ध्यान केन्द्रित हुँदोरैछ,’ इलाम घर भइ दार्जिलिङको निजी स्कुल पढिरहेका एक विद्यार्थीले भने ।  

गोर्खाहरूले दार्जिलिङ, कालेबुङ, खर्साङलगायत स्थानमा भानुजयन्ती अवसर पारेर विविध कार्यक्रम आयोजना गरेको आन्दोलनरत दल गोर्खा जनमुक्ति मोर्चाका सहसचिव विनय तामाङले बताए। गोर्खाल्यान्ड आन्दोलनको गतिविधि पुनः शिखरमा पुगेकाले यही अवसर पारेर केही साहित्यकारले चाहिँ यसअघि सरकारबाट पाएका पदक र सम्मानसमेत फिर्ता गरिदिएका छन्। 

संगीतकार कर्म योञ्जन, कृष्णसिंह मोक्तानलगायतका स्रष्टाले सूचना तथा संस्कृति विभागबाट पाएका भानु पुरस्कार र सम्मान फिर्ता गरेका हुन्। आन्दोलनकारी १३ दल समेटिएको गोर्खाल्यान्ड मुभमेन्ट को–अर्डिनेसन कमिटी (जिएमसिसी)को आग्रहअनुसार पश्चिमबंगाल सरकारले प्रदान गरेका पुरस्कार फर्काइएको स्थानीय साहित्यकारको भनाइ छ । जिएमसिसीको मंगलबारको बैठकले सरकारले दिएका पदक फिर्ता गरिदिन सबै गोर्खाहरूलाई आग्रह गर्ने निर्णय गरेको थियो । 

प्रत्येक भानुजयन्ती समारोह दार्जिलिङलगायत भारतका नेपालीभाषी बसोबास रहेको क्षेत्रमा विशेष चाडकै रूपमा मनाइन्छ । गतवर्षको भानुजयन्ती मनाउन भारतका राष्ट्रपति प्रणव मुखर्जी, पश्चिम बंगाल सरकारका राज्यपाल  केशरीनाथ त्रिपाठी र मुख्यमन्त्री ममता बेनर्जीलगायत नै दार्जिलिङ आएका थिए । हजारौंको संख्यामा भेला भएर भारतीयहरूले चौरस्तामा रहेको आदिकवि भानुभक्त आचार्यको पूर्णकदको सालिकमा पुष्पगुच्छा अर्पण गरेका थिए । उनीहरूले भानुभक्त नेपालीमात्र नभई सबैका साझा कवि भएको बताएका थिए ।

प्रकाशित: २९ असार २०७४ १४:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App