coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
प्रवास

कोरिया एकता समाजद्वारा रु १२ लाख सहयोग प्रदान

विराटनगर – दक्षिण कोरियास्थित डेउ नेपाली एकता समाज (गजेदो)ले कोरियामा कार्यरत रहेका बेलामा मृत्यु भएका एक नेपालीलाई रु १२ लाख सहयोग प्रदान गरेको छ। 

दक्षिण कोरियाको डेउ कम्पनीमा कार्यरत विराटनगर – ३ बस्ने उमेशचन्द्र पौडेलको गत वैशाख २३ गते मृत्यु भएको थियो । 
समाजले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा स्व पौडेलकी छ वर्षीया छोरी युुनिशा पौडेलको पठनपाठनका लागि रु ११ लाख ६४ हजार ३४८ रकम प्रदान गरेको हो । 

उक्त रकम समाजका सचिव चन्द्र साङहाम्फेले विराटनगरस्थित नेपाल बैंक लिमिटेडमा रकम जम्मा गरी सोको भौचर पौडेलकी श्रीमती सुष्मा विष्ट पौडेललाई हस्तान्तरण गरेकी हुन् । 

सचिव साङहाम्फेले आगामी दिन थप सहयोग उपलब्ध गराउने आश्वासन समेत दिए। 

स्व पौडेलकी श्रीमती पौडेलले समाजद्वारा प्राप्त सहयोगबाट छोरीको अध्ययनका लागि ठूलो राहात मिलेको बताइन् । 

एकवर्ष अगाडि स्थापना भएको उक्त समाजले यसअघि धुर्मुस सुन्तली फाउन्डेसन र महावीर पुनको विज्ञान केन्द्रलाई पनि सहयोग प्रदान गरेको पत्रकार सम्मेलनमा बताइयो । 

डेउ कम्पनीमा करिब एक हजार नेपाली कार्यरत छन् । रासस 

प्रकाशित: ३० असार २०७४ ०९:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App