४ वैशाख २०८१ मंगलबार
कला

‘सायद २’ लाई दर्शकको साथ

फिल्म हेर्न पुगेका निर्माता सुनिल रावल, सुशील श्रेष्ठ लगायत

काठमाडौँ – शुक्रबार देखि प्रदर्शन भएको फिल्म सायद २ लाई दर्शकले रुचाएका छन् । फिल्मलाई सुखद प्रतिक्रिया मिलेपछी निर्माण टीम दंग छन् । 

‘प्रारम्भिक प्रतिक्रियाले हामी उत्साही छौ’ फिल्मका निर्माता मध्येका एक सुनिल रावलले बताए । ६५ बढी हलमा रिलिज भएको यस फिल्मको प्रतिक्रिया लिन निर्माण टीम राजधानीका विभिन्न हलमा पुगेका थिए । निर्माता रावलसंगै कलाकार सुशील श्रेष्ठ, स्यारोन श्रेष्ठ र अमृत ढुंगाना विभिन्न हल पुगेका थिए । ‘फिल्मको प्रस्तुतीकरण र यसको कथालाई दर्शकले रुचाउनु भएको छ’ निर्माता रावलले उत्साहित हुदै भने ‘मेरै पछिल्लो फिल्मको तुलनामा अपडेट भएको प्रतिक्रियाले उत्साही बनाएको छ ।’ 

रावलकै पहिलो सुपरहिट फिल्म सायदको सिक्वेल भएता पनि यसको कथा तथा प्रस्तुतीकरण भने बिल्कुलै फरक रहेको छ । दर्शकले दिएको प्रतिक्रियाकै कारण हलमा पुगेका सुशील पनि निकै दंग देखिन्थे । ‘नामकै सिक्वेल भएको कारण पनि जिम्मेवारी बढेको थियो तर दर्शकबाट डाइरेक्ट पाएको प्रतिक्रियाले निकै उत्साहित छु’ सुशील थप्छन ’फिल्म गर्दै जाँदा मैले सिक्दै पनि छु अनि मेरो सिकाइलाई दर्शकले रुचाउदै जानु भएको छ, खुसि लगिरहेको छ ।’ यता कमेडी भूमिकामा देखिएका अमृतलाई पनि दर्शकले रुचाए ।’ मेरो कमेडी पार्टलाई दर्शकले रुचाउनु भयो, संगै बसेर फिल्म हेर्दा रिजल्ट तुरुन्तै पाइदो रहेछ’ अमृत प्राप्त प्रतिक्रियाले दंग थिए । 

बिहानी शो मा टीमसंगै राजधानी स्थित विग मुभिजमा फिल्म हेर्न पुगेका पत्रकार तथा फिल्म निर्देशक लक्ष्मण सुवेदीले पनि फिल्म राम्रो बनेको प्रतिक्रिया दिए । ’फिल्म राम्रो लागेरै दुई घण्टा सम्म हलमा बसियो , नत्र त बीचमै निस्किने थिए’ लक्ष्मण थप्छन ’ फिल्ममा प्रेम प्राप्तिको लागि गरिने संघर्षलाई रमाइलो तरिकाले प्रस्तुत गरिएको छ ।’ 
मित्रतामा मायाले निम्त्याउने अवस्थालाई फिल्ममा देखाइएको छ । फिल्ममा सुनिलसंगै इस्वर श्रेष्ठ, शुभास लामिछानकोे लगानी रहेको छ भने यसलाई पुष्पराज न्यौपानेले निर्देशन गरेका छन् । फिल्ममा राजु विक्रम थापाको छायांकन, दिर्घ खड्काको सम्पादन रहेको छ । फिल्मको यस अघि नै हंगकंग र जापान प्रिमियर गरिएको थियो , जहाँ फिल्म मन पराइएको थियो । 

प्रकाशित: ३१ असार २०७४ ०३:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App