७ वैशाख २०८१ शुक्रबार
राजनीति

रुद्राक्ष रोपेर नगरसभा उद्‍घाटन

महानगर परिसरमा रुद्राक्षको बोट रोपेर नगरसभाको उद्‍घाटन गर्दै श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मन्सुर लगायत। फोटो: दीपक खरेल

ललितपुर– नेपालमा पूर्ण धार्मिक सहिष्णुता रहेको पछिल्लो उदाहरण ललितपुरको महानगरपालिकाको प्रथम नगरसभामा देखिएको छ। महानगरको प्रथम ऐतिहासिक नगरसभाको उद्घाटन मुस्लिम समुदायका श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मन्सुरले हिन्दु धार्मिक बृक्ष रुद्राक्षको बोट रोपेर गरेका छन।

हिन्दु धर्मावलम्बीहरुले भगवान शिबको आशुँका रुपमा रुद्राक्षको फललाई पुज्ने गरेका छन । नेपाली, संस्कृत तथा हिन्दीमा रुद्राक्ष भनिने फलमा हुने मुखका आधारमा दश कोटी भगवानको प्रतिकका रुपमा पुज्ने गर्छन ।

महानगरको पुल्चोकस्थित कार्यालय हाताभित्र महानगर स्थापनाको प्रतिकका रुपमा मन्त्री मन्सुरले रुद्राक्षको बोट रोपेर पानी हालेका थिए । मेयर चिरीबाबुले वर्षौसम्म रहने र स्थापना संस्मरणका लागि बोट रोपिएको बताएका थिए।

प्रथम नगरसभाका प्रमुख अतिथि रहेका मन्त्री मन्सुरले महानगरले ल्याएको नीति तथा कार्यक्रमको सफलतासँगै संविधान कार्यन्वयनको बिषय गाँसिएको बताएका थिए।

नगरसभामा मेयर चिरीबाबु महर्जनले आर्थिक वर्ष २०७४/०७५ का लागि महानगरको ३ अर्व २२ करोड ९१ लाखको बजेट प्रस्तुत गरेका छन । मेयर महर्जनले ‘ललितपुर नगर स्वस्थ्य समुन्नत सांस्कृतिक नगर’ बनाउन पहिलो नगरसभाबाटै नीति तथा कार्यक्रम ल्याएको बताए । महानगरले चाँलु तर्फ ४३ करोड १२ लाख ८७ हजार र पुँजीगत तर्फ दुई अर्व ७९ करोड ७८ लाख २३ हजार प्रस्ताव गरेको हो । महानगरले आन्तरिक स्रोतबाट एक अर्व २२ करोड ४४ लाख  ४४ लाख उठाउने प्रक्षेपण गरेको हो ।

महानगरले सेवा प्रवाहमा सुधार, दिगो शहरी पूर्वाधार बिकास र बैकल्पीक उर्जा प्रर्वद्धन, संस्कृती सम्पदा संरक्षण र पूर्ननिर्माण, पर्यटनबाट आर्थिक बिकास र नगरस्तरीय वडालाई विकासको केन्द्र बिन्दु तथा पूर्ण सरसफाईको नीति लिएको हो । यस्तै वातावरण, बाल, लैंगिक समानता तथा सामाजिक समावेशी विकासको नीति अन्तर्गत कार्यक्रमहरु ल्याएको हो।

 

 

प्रकाशित: ३१ असार २०७४ ०९:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App