८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

म्युनिकमा गोली चल्दा ९ जनाको मृत्यु

म्युनिकमा– म्युनिकको एक सपिङ सेन्टरमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ९ जनाको मृत्यु भएको जर्मन प्रहरीले जनाएको छ।
प्रहरीले जर्मन–इरानी नागरिक १८ वर्षीय एक युवकले ओलम्पिया सपिङ सेन्टरमा चोली चलाउँदा ९ जनाको मृत्यु हुनुका साथै अन्य १६ जना मानिस घाइते भएको जनाएको छ। घाइते मध्य ३ जनाको अवस्था गम्भिर रहेको बताइएको छ। प्रहरीले जवाफी कारबाहीमा बन्दुकधारी मारिएको पुष्टि गरेको छ।

म्युनिकका प्रहरी प्रमुख ह्यिुवहर्टस एन्ड्रेइले संचार माध्यमसँग कुरा गर्दै शनिबार विहान भएको उक्त घटनामा संलग्न युवा कुनै आतंकवादी संगठनको सदस्य नभएको तर घटना के कारणले गरियो भन्ने बारे थप अनुसन्धान भइरहेको बताए। प्रत्यक्षदर्शीले घटनामा तीन युवकको संलग्नता रहेको बताए पनि प्रहरीले भने एक जनाको मात्र संलग्नता रहेको बताएको छ ।

 

प्रकाशित: ८ श्रावण २०७३ ०७:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App