८ वैशाख २०८१ शनिबार
अर्थ

काभ्रेमा रु ५४ लाख ५९ हजार अनुदान वितरण

बनेपा – काभ्रेपलाञ्चोकमा भूकम्प पुनःनिर्माण तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत कृषकलाई विभिन्न १० शीर्षकमा कुल रु ५४ लाख ५९ हजार अनुदान वितरण गरिएको छ। 

भूकम्पका कारण गोठ तथा खोरमा क्षति हुनुका साथै पशुधन समेत नासिएका कृषकलाई जीविकोपार्जनमा सहयोग पुर्‍याउन उक्त अनुदान दिइएको जिल्ला पशुसेवा कार्यालय, धुलिखेलका पशु चिकित्सक मणि सापकोटाले जानकारी दिए। 

भूकम्प पुनःनिर्माण कोषमार्फत रु दुई लाख ५० हजार मूल्यको ५०० लिटरको चिलिङ भ्याट एक जनालाई, रु पाँच लाख २५ हजार बराबर दूध दुहने स्टिेनलेस स्टिलको ट्यांकी ३५० जनालाई, कुखुराको खोर निर्माण गर्न ६० जनालाई अनुदान रु तीन लाख, रु पाँच लाख बराबर बंगुरका पाठापाठी १०० जनालाई र रु एक लाख बराबर कुखुराको चल्ला वितरण ६० जनालाई उपलब्ध गराइएको छ। 

त्यस्तै, १०० जनालाई गाई तथा भैँसीको गोठ सुधार अनुदान रु २० लाख, १०० जनालाई बाख्राको गोठ सुधार अनुदान, पशुस्वास्थ्य शिविरलाई रु पाँच लाख प्रदान गरिएको थियो । यसैगरी १०० जनालाई रु ७६ हजार बराबर मिनरल ब्लक वितरण र प्रतिपरिवार चार बाख्रा र एक बोका २० जनालाई रु ५४ लाख ५९ हजार अनुदानस्वरुप कृषकलाई उपलब्ध गराइएको थियो। 

प्रस्ताव आह्वान गरेपछि भूकम्प पुनःस्थापना कार्यक्रमअन्तर्गत झण्डै एक हजार २७० आवेदन परेको थियो । भूकम्पका कारण बढी क्षति पुगेका कृषकलाई प्राथमिकतामा राखेर जिल्लाको मण्डनदेउपुर, पनौती, बनेपा नगरपालिकासहित महाभारत गाउँपालिका, खानीखोला गाउँपालिकाका कृषकलाई अनुदान दिइएको हो । रासस 

प्रकाशित: १ श्रावण २०७४ १०:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App