८ वैशाख २०८१ शनिबार
खेल

काठमाडौं जिल्ला छनोट मंगलबारदेखि

काठमाडौं- कोकाकोला अन्तरविद्यालय छात्र तथा छात्रा राष्ट्रिय फुटबलअन्तर्गत काठमाडौं जिल्ला छनोट फुटबल मंगलबारदेखि सुरु हुने भएको छ। असार २३ देखि सुरु भएको पहिलो चरणको छनोट फुटबल ४४ जिल्लामा सञ्चालन भइरहेको आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले बताएको छ।

दोस्रो चरणको क्षेत्रीय छनोट साउन २९ देखि भदौ ९ गतेसम्म झापा, भक्तपुर, रौतहट, कास्की र बाँकेमा हुनेछ। अन्तिम चरणमा राष्ट्रिय स्तरको प्रतियोगिता भदौ २३ देखि असोज १ सम्म काठमाडौंमा हुनेछ।

क्षेत्रीय छनोटअन्तर्गत पूर्वाञ्चलको झापा, मध्यमाञ्चलको भक्तपुर, रौतहट, पश्चिमाञ्चलको कास्की, मध्य र सुदूरपश्चिमको बाँकेमा छनोट प्रतियोगिता हुनेछन्। क्षेत्रीय छनोटबाट १३ टिमहरू राष्ट्रिय प्रतियोगिताका लागि छानिनेछन्। त्यसमा काठमाडौं, ललितपुरबाट ४, पूर्वाञ्चलबाट झापाको विजेता, उपविजेता, तेस्रो गरी ३ टिम, मध्यमाञ्चलको भक्तपुर र रौतहटबाट विजयी हुने समान १, पश्चिमाञ्चलको कास्कीको विजेता र उपविजेता गरी २ टिमले राष्ट्रिय प्रतियोगिता खेल्नेछन्। त्यस्तै मध्य र सुदूरपश्चिमको छनोटका रूपमा बाँकेबाट विजयी हुने २ टोलीले अन्तिम चरणमा प्रतिस्पर्धा गर्नेछन्। 

कोकाकोला फुटबलमा जिल्लादेखि राष्ट्रिय स्तरको प्रतियोगितामा गत वर्ष छात्र र छात्रातर्फ गरी ११ सय ११ विद्यालयले प्रतिस्पर्धा गरेका थिए।  यस वर्ष १५ सय विद्यालयले भाग लिने एन्फाले बतायो।

१ करोड १५ लाख बजेट रहेको प्रतियोगिताको फाइनलमा विजयी हुने छात्रछात्रा टोलीले समान ३ लाख, दोस्रोले १ लाख र तेस्रोले ५० हजार पाउनेछन्।

प्रकाशित: २ श्रावण २०७४ ०४:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App