८ वैशाख २०८१ शनिबार
कला

शाहिद–आलिया उत्कृष्ट

मुम्बई- अमेरिकाको न्युर्योकमा भएको बलिउडकै चर्चित 'आइफा अवार्ड २०१७' मा अभिनेत्री सोनम कपुर अभिनित फिल्म 'नीरजा'ले 'उत्कृष्ट फिल्म'को अवार्ड पाएको छ। न्युर्योकको मेटलाइफ स्टेडियममा आयोजना गरिएको अवार्डमा यही फिल्मका लागि शबाना आजमीले 'बेस्ट एक्ट्रेस इन सपोर्टिङ रोल' र जिम सरभले 'बेस्ट परफर्मेन्स इन नेगेटिभ रोल'को अवार्ड पाए।

फिल्म 'उड्ता पञ्जाब'का लागि अभिनेता शाहिद कपुर 'वेष्ट एक्टर', आलिया भट्ट 'वेस्ट एक्ट्रेस', कनिका कपुरले 'बेस्ट प्लेब्याक सिंगर फिमेल' र दिलजीत दोसांझले 'बेस्ट डेब्यू मेल'को अवार्ड सुरक्षित गरे।

त्यस्तै 'एयरलिफ्ट'का लागि तुलसी कुमारले 'बेस्ट प्लेब्याक सिंगर फिमेल', 'ढिस्युम'का लागि बरुण धवनले 'बेस्ट कमिक एक्टर', 'एमएस धोनी'का लागि दिशा पाटनीले 'बेस्ट फिमेल डेब्यू' र अनुपम खेरले 'बेस्ट एक्टर इन सपोर्टिङ रोल', 'कपुर एण्ड सन्स'का लागि आयशा देवित्रे ढिल्लन र शकुन बत्राले 'बेस्ट स्टोरी' र 'पिंक'का लागि अनिरुद्ध राय चौधरीले 'बेस्ट निर्देशक'को अवार्ड जिते।

फिल्ममेकर करण जोहारको फिल्म 'ऐ दिल है मुश्किल'ले तीन अवार्ड पोल्टामा पार्‍यो। फिल्मका लागि प्रीतम 'बेस्ट म्यूजिक डायरेक्टर', अमिताभ भट्टाचार्यले 'चन्ना मेरेया' गीतका लागि 'बेस्ट लिरिक्स' र अमित मिश्राले 'बुलेया'का लागि 'बेस्ट प्लेब्याक सिंगर'को अवार्ड पाए।

कार्यक्रममा अभिनेत्री आलियालाई 'स्टाइल आइकन अफ द इयर' र तापसी पन्नूलाई 'वुमन अफ द इयर'बाट सम्मानित गरिएको थियो। तापसीले फिल्म 'पिंक' र 'नाम शबाना' जस्ता महिलाप्रधान फिल्ममा महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्।

त्यस्तै संगीतकार एआर रहमानलाई बलिउडमा २५ वर्षदेखि पुर्‍याएको योगदानको कदर गर्दै विशेष पुरस्कारबाट सम्मान गरियो।

अवार्ड कार्यक्रममा सलमान खान, आलिया भट्ट, दिलजीत दोसांझ, शाहिद कपूर, सुशान्त सिंह राजपुत, कृति सेनन, क्याटि्रना कैफ र वरुण धवनले नृत्य प्रस्तुत गरेका थिए।

प्रकाशित: २ श्रावण २०७४ ०६:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App