८ वैशाख २०८१ शनिबार
समाज

स्कुल बसको ठक्करबाट पत्रकार वली घाइते

काठमाडौं- स्कुल बसको ठक्करले घाइते बनेकी नेपाली सरोकार मंचकी सम्पादक रमा वली गणेशमान मेमोरियल अस्पताल ललितपुरमा उपचारर्थ छिन्। वलीलाई गत असार ४ मा कौशलटारमा हिंडिरहेको बेला मेरिगोल्ड स्कुल बालकोटको स्कुल बसले ठक्कर दिएको थियो।

सुरुमा सामान्य उपचार पछि घर फर्केकी वली पुन समस्या बढेपछि शनिवारदेखि अस्पताल भर्ना भएकी हुन्। ठक्कर दिंदा बझारिएको भागतिर बढी दुखाइ बढेकोले आफु बिभिन्न अस्पताल हुँदै यो अस्पताल भर्ना हुनु परेको बताइन्।

 उनको उपचारमा संलग्न अस्पतालका हाडजोर्नी बिशेषज्ञ डा. मधुपाण्डेले मेरुदण्डको भागको हड्डी जोडिएको हुन सक्ने अनुमान गरेका छन्। ‘ कहिलेकाँही एक्सरेमा नदेखिएका समस्या हुन्छन् ,त्यसको लागि एमआरआइ गर्ने तयारीमा छौं ’ उनले भने ।

स्कुलका प्रिन्सिपल उद्धव  सिलवालले निको नभएको कुरा बहाना भन्दै आफुलाई आवश्यक उपचार खर्च दिन नमानेको वलीले गुनासो गरेकी छिन्।

 

 

 

 

 

 

प्रकाशित: २ श्रावण २०७४ १२:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App