७ वैशाख २०८१ शुक्रबार
राजनीति

जिल्ला प्रशासनकै भवन समयमा निर्माण भएन

पाल्पा-जिल्ला प्रशासन कार्यालयको तीन वर्ष अघि निर्माण सुरु भएको भवन समयमा नबन्दा सेवा प्रवाहमा असर परेको छ। साँधुरो भाडाको कोठामा प्रशासन सञ्चालन भैरहँदा नयाँ भवन निर्माण भने सुस्त गतिमा चलिरहेको छ।

नयाँ भवन निर्माणका लागि २०७१ असार १२ मा कुल ४ करोड ३८ लाख ८८ हजार १ सय ८९ रुपैयाँमा गत पुष ११ गतेसम्म सक्ने गरि सूर्यचन्द्र कन्ट्रक्सन कम्पनी प्रालिसँग सम्झौता भएको थियो। भवन निर्माण कार्य समयमा सम्पन्न नभएपछि विभिन्न वहानामा म्याद थप भैरहेको छ। प्रमुख जिल्ला अधिकारी बाबुराम गौतमले ठेकेदारले छ महिनाको समयमा काम सक्नेगरि गत पुषमा म्याद थप भएको बताए। ‘भूकम्प, नाकाबन्दी, बन्द हड्तालले समस्या परेको भन्दै छ महिना थपियो। उक्त समय गुज्रेको छ। समयमा काम सम्पन्न नभएपछि पूनः म्याद थपको प्रक्रिया अगाडी बढाईएको छ,’–प्रजिअ गौतमले भने। कार्यालय भवन, निवास लगायतका चार भवन बन्दै छन् । प्रजिअ गौतम भन्छन्, ‘भौतिक प्रगति ७५ प्रतिशत र वित्तिय प्रगति ६८ प्रतिशत भएको छ ।’

बाल मन्दिरको भवनमा भाडामा सञ्चालन हुँदै आएको प्रशासन कार्यालय साँधुरो हुँदा सेवा प्रवाहमा समेत असर परेको छ । २०६२ सालमा पाल्पा दरबार तत्कालिन माओवादी आक्रमणमा ध्वस्त भएसँगै कार्यालय भाडाको भवनमा सञ्चालन हुँदै आएको छ । सुस्त गतिका काम हुँदा अझै भवन निर्माण गर्न कति समय लाग्ने भन्नेमा भने अन्यौल छ ।

                कार्यालयले सोमबार पत्रकार अन्तक्र्रिया गर्दै आर्थिक वर्ष २०७३/७४ मा ४ हजार ६ सय ५० राहदानी वितरण गरेको जनाएको छ। गत आवको भन्दा १ हजार ६ सय ४६ कम राहदानी वितरण गरेको हो। कार्यालयले ५ हजार ५ सय ७८ साधारण तथा द्रूत सिफारिस समेत गरेको जनाएको छ।

                प्रशासन कार्यालयले गत आवमा कुल २ करोड ५८ लाख ९० हजार ८ सय १६ रुपैयाँ राजस्व संकलन गरेको छ । संस्था दर्ता, हातहतियार, राहदानी दस्तुर, प्रशासनिक दण्ड जरिवाना लगायतका शिर्षकमा राजस्व संकलन गरेको हो । राजस्व संकलनमा गत वर्षमा भन्दा झण्डै ६७ हजारले कमी आएको प्रमुख जिल्ला अधिकारी गौतमले बताए । उनी भन्छन्, ‘बेरुजु असुली शुन्य गराईएको छ। दुई करोड ५६ लाख ९३ हजार कार्यालय तर्फ पूँजीगत तथा चालु खर्च भएको छ।’

                स्थानीय तह निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन शान्ति सुरक्षाको व्यवस्था गरिएको, सेवा ग्राहीको गुनासो तत्काल फछ्र्यौट गरिएको, विकास आयोजनाको अनुगमन गरिएको तथा बजार अनुगमन कार्यलाई गत वर्ष सम्पन्न गरिएको जनाएको छ।

प्रकाशित: २ श्रावण २०७४ १३:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App