सामाखुसी घटनाबारे १० दिनभित्र जानकारी गराउन निर्देशन

सोमबार, ०२ साउन २०७४, २० : ३३ नागरिक


काठमाडौँ- राष्ट्रिय मानवअधिकार आयोगले गत असार ३० गते काठमाडौंको सामाखुसीस्थित सडक नालीमा खसेर १० वर्षीया एक बालिकाको मृत्यु भएको घटनाप्रति चासो देखाएको छ।

आयोगका प्रवक्ता मोहना अन्सारीले आज प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाको सत्यतथ्य अनुसन्धान गरी १० दिनभित्र जानकारी गराउन पनि गृह मन्त्रालयलाई निर्देशनसमेत दिइएको छ।

विज्ञप्तिमा भनिएको छ– “पछिल्लो समयमा काठमाडौँका सडक तथा खानेपानी विस्तार गर्ने, ढल व्यवस्थापन गर्ने सन्दर्भमा भत्काइएका सडक मर्मतसम्भार नगर्दा सर्वसाधारण एवं बालबालिकाले दैनिक आवतजावतमा समस्या भोग्नुपरेको तथा मानवीय क्षतिसमेत हुने गरेको छ।”

विकास निर्माणसँग सम्बन्धित निकायबीच समन्वयको अभाव, आर्थिक वर्षको अन्त्यमा अत्यधिक बजेट खर्च गर्ने प्रवृत्ति, सम्बन्धित निकायबाट प्रभावकारी अनुगमनको अभावबाट यस्ता प्रकृतिका घटना घट्ने गरेको आयोगको ठहर छ।

आयोगले दिनप्रतिदिन सडकको अवस्था नाजुक बन्दै जाँदासमेत नगरपालिका, खानेपानी तथा ढल निकास विभाग, मेलम्ची खानेपानी आयोजना लगायतले आम नागरिकको अधिकारप्रति जिम्मेवारी नलिनु अत्यन्त दुःखद् भएको विज्ञप्तिमा उल्लेख छ।

आयोगले यस किसिमका घटना भविष्यमा देशको कुनै पनि भागमा दोहोरिन नदिनेतर्फ तत्काल आवश्यक सम्पूर्ण उपाय अवलम्बन गर्न सरकारको ध्यानाकर्षणसमेत गराएको छ।

शुक्रबार सामाखुसीमा नेपालटारकी कक्षा ३ मा पढ्ने विनिता फुयाँलको ढलले बगाएर ज्यान गएको थियो भने अर्की बालिका सत्या सापकोटालाई ढलले बगाउँदै गर्दा उद्धार गरिएको थियो। रासस

 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

गीत गाउँदा गाउँदै अस्ताए जनवादी गायक खुसीराम पाख्रिन

गीत गाउँदा गाउँदै अस्ताए जनवादी गायक खुसीराम पाख्रिन

बाम गठबन्धनले मंगलबार भरतपुरमा आयोजना गरेको सभामा ‘युवाहरु हो’ भन्ने जोशीलो गीत गाएका प्रशिद्ध जनवादी गायक तथा पूर्व सांसद खुसीराम...

लिलीबिलीको सुटिङ लण्डन र स्कटल्याण्डमा

लिलीबिलीको सुटिङ लण्डन र स्कटल्याण्डमा

मिलन चाम्सको निर्देशनमा बन्न लागेको नेपाली फिल्म ‘लिलीबिली’ को सुुटिङ लण्डन तथा स्कटल्याण्डमा भइरहेको छ । पछिल्लो समयका चर्चित नायक...

बोलचालमा प्रतिबन्ध

बोलचालमा प्रतिबन्ध

बलिउड अभिनेत्री परिणीति चोपडा र अर्जुन कपुर चाँडै नै फिल्म ‘सन्दीप और पिंकी फरार’मा देखिँदैछन् । अघिल्लो फिल्म ‘इशकजादे’मा पनि...

एकादेशमा ‘डेथ अफ साउण्ड म्यान’ उत्कृष्ट

एकादेशमा ‘डेथ अफ साउण्ड म्यान’ उत्कृष्ट

ध्वनिको महत्वलाई समेटिएको शर्ट फिल्म ‘डेथ अफ साउण्ड म्यान’ले यस वर्षको एकादेशमा अन्तराष्ट्र्रिय शर्ट फिल्म फेस्टिभल अवार्ड जितेको छ। थाईल्याण्डका...