गुलाब जलले शरीरलाई शीतलता प्रदान गर्छ । ताजा गुलाबको पत्ताबाट निकालिएको यो प्राकृतिक रसले सुन्दरतामा निखार ल्याउन मद्दत गर्छ । बजारमा सौन्दर्य प्रसाधनको रूपमा पाइने गुलाब जल गर्मी मौसमका लागि प्रभावकारी नै हुन्छ । र, यसका फाइदा पनि धेरै छन् ।
आँखामा हुने फाइदा
लामो समय काम गरेपछि आँखामा थकान महसुस हुने गर्छ । गुलाब जलको प्रयोगले आँखा तेजिलो बनाउन मद्दत गर्छ । पानीमा केही मात्रा गुलाब जल मिसाएर आँखा सफा गर्नाले थकान हटाउँछ । साथै आँखामा टाँसिएका फोहोर निकाल्न समेत सघाउँछ । र, आँखामा हुने संक्रमणबाट बचाउँछ ।
अनुहारमा हुने फाइदा
यो जुन सुकै प्रकारको छालाका लागि उपयोगी हुन्छ । यसले छालामा जमेर बसेका फोहोर र तेललाई निकालेर अनुहार सफा गर्छ । साथै किटाणुबाट पनि जोगाउन सहयोग गर्छ । पिम्पल आउनबाट बचाउनुका साथै रगत सञ्चालनमा समेत सघाउ पु¥याउँछ । सफा कपडा अथवा कपासमा चाहेअनुसारको गुलाब जल हालेर अनुहारमा हल्कासँग लगाउँदा बेस हुन्छ ।
कपालमा हुने फाइदा
गुलाब जलको प्रयोगले कपाललाई समेत फाइदा गर्छ । यसलाई प्राकृतिक मोइस्चराइजरको रूपमा लिइन्छ । यसको प्रयोगले कपाल बढ्नुका साथै नरम समेत बनाउँछ । कपाल झर्न पनि कम गर्छ । स्काल्पमा पोल्ने समस्या छ भने गुलाब जलको प्रयोग गर्न सकिन्छ । यसलाई सिधै कपालमा लगाउन सकिन्छ ।
प्रकाशित: ३ श्रावण २०७४ ०८:३२ मंगलबार