७ वैशाख २०८१ शुक्रबार
कला

जग्गा जासुसकी नायिका विदिशा मृत्त फेला

नयाँ दिल्ली – जग्गा जासुस फिल्मकी नायिका  तथा गायिका विदिशा बेजबरूआ भारतको गुरुग्राममा मृत्त फेला परेकी छिन्।

मृत्युको कारणबारे पत्ता लगाउन प्रहरीले उनका श्रीमान् नितिश झालाई पक्राउ गरेको छ ।  उनीहरू बीच प्रेम विवाह भएको भएतापनि सम्बन्ध राम्रो नभएको बताइएको छ । उनका श्रीमान्को अर्काे गर्लफ्रेन्ड भएका कारण  पनि उनीहरू बीच सामान्य झैझगडा भइ नै रहने गरेको उनका पिताले बताए ।  यस कारण उनले आत्महत्या गरेको हुन सक्ने पूर्व अनुमान प्रहरीको रहेको छ । यद्यपी यसबारे अनुसन्धान भइरहेको छ । 

प्रहरीले उनको मोबाइल फोन, फेसबुक अकाउन्टको माध्यमबाट अनुसन्धान सुरू गरिसकेको बताएको छ। 

केही समय अगाडि मात्रै रिलजि भएको चलचित्रमा नायिका विदिशा बेजबरूआले अभिनय गरेकी थिइन् । चलचित्रमा उनको नृत्यलाई दर्शकहरूले रूचाएका थिए। कामको शिलशिलामा मुम्बई बस्दै आएकी उनी केही दिन अगाडि मात्रै गुरुग्राम आएको सञ्चार माध्यमहरूले खुलाएको छ। 

३० वर्षीया उनले टिभी मा समेत विभिन्न कार्यक्रमहरू सञ्चालन गरेकी थिइन् । पतिसँग अधिकांश समय झगडा पर्ने उनको आत्महत्या नभई हत्या भएको उनका पिताले बताएका छन् । उनले छोरीको हत्या भएको भन्दै प्रहरीमा उजुरी दिएका थिए। 

प्रकाशित: ४ श्रावण २०७४ ०७:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App