१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इरानमाथि नाकाबन्दी गर्ने अमेरिकाको घोषणा

न्युयोर्क – आतंकवादी संगठनलाई सहयोग तथा हिंसात्मक कार्यहरूलाई बढावा दिएको  आरोपमा अमेरिकाले इरानमाथि नाकाबन्दी लगाउने घोषणा गरेको छ। 

अमेरिकी विदेश मन्त्रालयले एक विज्ञप्ती निकाल्दै इरानमाथि नाकाबन्दीको घोषणा गरेका हो । 

उक्त नाकाबन्दीको प्रभाव इरानमा रहेका १८ कम्पनीहरूमा तथा विभिन्न व्यक्तिहरूमा पर्ने अमेरिकी विदेश मन्त्रालयको दाबी छ । 

मन्त्रालयले जारी गरेको विज्ञप्तीमा इरानले आतंकवाद तथा कटरपन्थी इस्लामिक समूहलाई समर्थन गरेकोले अमेरिकी विदेश मन्त्रालयले यस्तो निर्णय गरेको उल्लेख गरिएको छ । 

त्यस्तै गरी यमनको द्वन्द्वमा आतंकवादी समूहलाई समर्थन गरेको आरोप पनि अमेरिकाले इरानमाथि लगाएको छ । प्रतिबन्ध एकपक्षीय तथा गैरकानुनी भएको इरान सरकारले बताएको छ । 

अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्धको बदलामा इरानले पनि त्यहाँ रहेका अमेरिकी कम्पनी तथा नागरिकहरू माथि प्रतिबन्ध लगाइने घोषणा गरेको छ । 

प्रकाशित: ४ श्रावण २०७४ ०८:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App