coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रवास

जापानबासी खड्काद्वारा रामेछापको विद्लायलाई सहयोग

टोकियो—रामेछाप जिल्लाको बेतानीमा अवस्थित गोकुल गंगा निमाबिका विद्यार्थीलाई जापानबासी नेपालीले सहयोग गरेका छन्। ११ बर्षदेखि जापानमा बसोबास गर्दै आएका श्याम खड्काले विद्यार्थीहरूलाई आवश्यक पर्ने स्टेसनरी तथा खेलकुदका सामग्रीहरू उपलब्ध गराएका हुन्।

जापानमा बसोबास गर्दै आएका श्याम खड्काले विद्यार्थीहरूलाई आवश्यक पर्ने स्टेसनरी तथा खेलकुदका सामग्रीहरू उपलब्ध गराएका हुन्।

महाभूकम्प पश्चात् क्षतिग्रस्त बनेको उक्त विद्यालयलाई खानेपानी,सीमेण्ट,जस्तापाता लगायतका सामग्रीहरू निरन्तर रूपमा सहयोग गराउँदै आएका खड्काले आइतबार विद्यालयमा आयोजित एक कार्यक्रममा आफैं उपस्थित भएर विद्यार्थीहरूलाई आवश्यक सामग्री वितरण गरेका हुन्। जापानमा सफल युवा ब्यवसायी उनले आगामी दिनहरूमा विद्यालयको भौतिक पूर्वाधार विकासमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

कार्यक्रममा उपस्थित विद्यार्थी,अभिभावक तथा शिक्षकहरूले सहयोगको लागि आभार व्यक्त गरेका थिए।

प्रकाशित: ४ श्रावण २०७४ १०:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App